८ वैशाख २०८१ शनिबार
राजनीति

श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग

काठमाडौँ (रासस)- श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग गरेको छ।
नेपाली राजदूतावास संयुक्त अरब इमिरेट्स (युयई), साउदी अरबका लागि उपसचिवसरहको श्रम काउन्सेलर र नेपाली राजदूतावास कतार र बहराइनका लागि अधिकृतस्तरको श्रम सहचारीका लागि आवेदन माग गरेको मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जानकारी दिए।
श्रम काउन्सिलर तथा श्रम सहचारीसम्बन्धी कार्यविधि २०७३ अनुसार श्रम तथा रोजगार मन्त्रालय वा मन्त्रालयअन्तर्गतका विभाग र निकायमा कम्तीमा एक वर्षदेखि काम गरेको तथा निजामती सेवामा अधिृकतस्तरको कर्मचारीका रुपमा सेवा प्रवेश गरेको अवधि कम्तीमा तीन वर्ष पुगेकाले आवेदन दिन सकिने श्रम मन्त्रालयले जनाएको छ।
मन्त्रालयले इच्छुक उम्मेदवारले ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ ।

कतारमा पोखरेल र मलेसियामा रम्तेल

यसैबीच श्रम काउन्सेलरको प्रतीक्षासूचीमा रहेका मन्त्रालयका उपसचिव शिवराम पोखरेललाई कतारको श्रम काउन्सेलर र मलेसियाको श्रम सहचारीमा शाखा अधिकृत सनमाया रम्तेललाई नियुक्त गरिएको छ।
गत भदौमा लिइएको काउन्सेलर सहचारीको परीक्षामा प्रतीक्षा सूचीमा रहेका उनीहरु एक वर्षभित्र कुनै देशमा काउन्सेलर र सहचारीको पद रिक्त भएमा स्वतः नियुक्ति पाउने कार्यविधिअनुरुप नियुक्ति पाउनुभएको मन्त्रालयका प्रवक्ता आचार्यले जानकारी दिए।
उनीहरु दुवै जनाले परराष्ट्र मन्त्रालयले काउन्सेलर सहचारीलाई दिने तालीमका लागि परराष्ट्र मन्त्रालयमा हाजिरी गर्न शुरु गरेको प्रवक्ता आचार्यले बताए।
 

 

प्रकाशित: २७ माघ २०७४ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App