८ वैशाख २०८१ शनिबार
समाज

छुटाछुटै घटनामा महोत्तरीमा तीनको मृत्यु

महोत्तरी  – छुटाछुटै घटनामा महोत्तरीमा शनिबार तीनको जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका १ स्थित रामनगर स्थित चिनी मिलमा उखु लिएर आएको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टर चालक सर्लाही चन्द्र नगर २ बस्ने २५ वर्षका पुनित महतोको मृत्यु भएको छ ।

ज१त ३७१६ नम्वरको उखु बोकेको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टिँदा चालक महतोको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसैगरि लोहारपटि नगरपालिका ४ महदैया स्थित विशेश्वर प्रसाद  शाहको ईटाभटामा ट्रयाक्टरको ठक्करबाट दुई वर्षिय वालक कासिम महमदको मृत्यु भएको छ ।

ज१त ७६७० नम्वरको ट्रयाक्टरले भारतको युपी घर भई सोहि ईटाभटामा काम गर्ने ननो महमदको २ वर्षिय छोरा कासिम खेली रहेको अवस्थामा ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाईते भएका बालकको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै जलेश्वर नगरपालिका खैरा टोल बस्ने १५ वर्षिय सन्धया खातुनको विषादी सेवनको कारण मृत्यु भएको छ ।

नाम नखुलेको विषादी सेवन गरि अचेत अवस्थामा फेला परेको खातुनको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।तीन वटै घटना बारे आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश मल्लले बताएको छ ।

प्रकाशित: २७ माघ २०७४ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App