६ वैशाख २०८१ बिहीबार
खेल

प्रिमियर लिग फुटबलमा ६ खेल हुदै

इङ्ल्याण्ड – इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ६ वटा खेल हुदैछन् । नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा लिगको पाँचौ स्थानमा रहेको टोटनह्याम र छैटौं स्थानको आर्सनल भिड्दै छन्।

त्यस्तै राति ८ः४५ मा ४ वटा खेल हुदैछन् । जसमा एभर्टनले क्रिस्टल प्यालेस, स्टोक सिटीले ब्राइटन, स्वान्सीले बर्नले तथा वेस्टह्याम युनाइटेडले वार्टफोर्डको सामना गर्नेछन्।  

यता राति ११ः१५ मा हुने आजको अन्तिम खेलमा लिगको शिर्ष स्थानको म्यानचेस्टर सिटीले आठौं स्थानको लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ।

प्रिमियर लिगको २६ औं चरणका खेलहरु सकिदा म्यानचेष्टर सिटी ६९ अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै ५६ अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो, ५१ अंक जोडेको लिभरपुल तेस्रो तथा ५० अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ।
 

प्रकाशित: २७ माघ २०७४ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App