coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाका लागि देउवाले तीन सदस्य सिफारिस् गर्ने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका लागि तीन सदस्य सिफारिस् गरेका छन् ।राष्ट्रिय सभा सदस्यका लागि प्रधानमन्त्री देउवाले गोपाल बस्नेत ,कृण्ण प्रसाद पौडेल तथा चाँदनी जोशीलाई  राष्ट्रिय सभा सदस्य तोक्नका लागि सिफारिस् गरेका हुन् ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस् गर्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिएको थियो । ५९ राष्ट्रिय सभा सदस्यमध्ये ३ सदस्यको मनोनयन सरकारले गर्ने प्रावधान रहेको छ ।नेकपा एमालेले भने नयाँ सरकारलाई मात्रै ३ सदस्यीय राष्ट्रिय सभा सदस्य तोक्ने अधिकार रहेको बताउँदै आएको छ । ३ सदस्यमा एक महिला अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ ।

 

 

प्रकाशित: २७ माघ २०७४ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App