७ वैशाख २०८१ शुक्रबार
खेल

एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब भिड्दै

बारा – बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) पहिलो क्वाटरफाइनल खेलमा सिमराको एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब विराटनगरबीच प्रतिस्पर्धा हुदैछ । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

यसअघि शुक्रबार भएको खेलमा सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले नवजनजागृती यूवा क्लब सिमरालाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

एपिएफको जितमा रवि थिङ र रञ्जन विष्टले समान १/१ गोल गरेका थिए।

प्रतियोगितामा १० टिम आयोजकका दुई टोली एनजेजेवाईसी, सेतो र एनजेजेवाईसी निलो सहित रुस्लान थ्रिस्टार, त्रिभुवन आर्मी, एपिएफ, सिएमजी संकटा, सुदुरपश्चिम ११, मोरङ फुटबल क्लब, वीरगञ्ज युनाईटेड र  विजय युथ क्लको सहभागिता रहेको छ।
प्रतियोगितामा मनाङ मस्र्याङ्दीले भने अन्तिम समयमा सहभागि नहुने बताएपछि आयोजक क्लबका निलो र सेतो गरी २ टिम सहभागी भएका हुन।

फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।

 

प्रकाशित: २७ माघ २०७४ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App