१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

के पढ्छन् हिरोइन ?

फिल्मी पर्दामा मात्र सीमित नेपाली अभिनेत्रीमध्ये कतिपय अचेल पुस्तक विमोचनमा समेत झुल्किने गर्छन् । आफूलाई मनपर्ने लेखकको किताब किनेर उनीसँग अटोग्राफ लिन समेत भ्याउँछन् ।

कतिपय अभिनेत्री त पुस्तकका अम्मली नै बनिसकेका छन् । बजारमा नयाँ पुस्तक आएपछि नपढी उनीहरूलाई चित्तै बुझ्दैन । केहीले त दैनिक रूपमै केही समय अध्ययनका लागि छुट्ट्याउन थालिसकेका छन् । पुस्तक एक्लोपनाको साथी तथा ज्ञान र आनन्द लिने माध्यम बनेको पढन्ते हिरोइनहरू बताउँछन् ।
किताब पढ्ने बानीले भाषाशैली सुध्रिने, समाज र भूगोल बुझ्न सकिने, थाहा नभएको विषयमा जानकारी हुने तथा हरेक क्षेत्रलाई नजिकबाट बुझ्न सकिने उनीहरूको तर्क छ । कतिपय पुस्तक विमोचनमा समेत देखापर्ने नायिका हुन्, ऋचा शर्मा । उनी हरेक दिन पुस्तक पढ्नका लागि निश्चित समय छुट्ट्याउने गर्छिन्।

शर्मालाई साहित्यिक र ‘फिलर’ शैलीमा लेखिएका पुस्तक पढ्न मन लाग्छ । उनलाई बुद्धिसागर, सुबिन भट्टराई, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नयनराज पाण्डेलगायतका लेखाइले तान्ने गरेको छ । उनीहरूका पुस्तकमा पाइने सरल र मिठासपूर्ण शैलीले आफूलाई आकर्षित गरेको ऋचा बताउँछिन् ।
उनले पछिल्लोपटक पढेका पुस्तकको सूचीमा पनि यिनै लेखकका कृति आउँछन् । बुद्धिसागरको फिरफिरे, मदनकृष्ण श्रेष्ठको ‘महको म’ र हरिवंश आचार्यको ‘हरिबहादुर’ पछिल्लो समय उनले पढेका पुस्तक हुन् ।
ऋचाले हालसम्म दुई सयजति कोर्स बाहिरका पुस्तक पढिसकेकी छन् । उनको रुचि कथा, उपन्यास, जीवनी, निबन्ध लगायतमा छ ।

‘मलाई ज्यादै मनपरेको ‘द काइट रनर’ हो,’ बेनिशाले थपिन्, ‘अहिले खालिद हुसेनको एन्ड द माउन्टेन पढिरहेकी छु ।’ उनी पछिल्लो समय बजारमा आएका धेरैजसो पुस्तक पनि पढ्न लायक भएको बताउँछिन् । फुर्सदका बेला पुस्तक पढ्न रुचाउने बेनिशाले हालसम्म कोर्सभन्दा बाहिरी पुस्तक दुई दर्जनभन्दा बढी पढेकी छन् ।

‘समय छुट्ट्याएरै पुस्तक पढ्दा अध्ययनको बानी बस्ने र किताबको माध्ययमबाट समाज बुझ्न सकिन्छ,’ उनी भन्छिन्, ‘मैले फुर्सदको साथी पुस्तकलाई नै बनाएकी छु ।’
किताब पढ्ने लत सानैदेखि लागेको ऋचा बताउँछिन् । ‘बजारमा आएका नयाँ–नयाँ पुस्तक पढ्नु मेरो रुचि नै हो,’ उनले भनिन्, ‘पछिल्लो समय बजारमा आएका धेरै उपन्यास, कथा र जीवनी पढेकी छु, अहिले त नेपाली भाषामा पनि जस्तोसुकै पुस्तक पाइन्छ ।’

फिल्मको कामले फुर्सद नमिल्दा उनले त्यति धेरै पढ्न पाउँदिनन् । तर, हरेक महिना कम्तीमा एउटा नयाँ पुस्तक भने पढ्ने उनको बानी छ । ‘हरेक क्षेत्रमा लागेका व्यक्तिका लागि पुस्तक पढ्नु महत्वपूर्ण छ,’ ऋचा भन्छिन्, ‘अझ फिल्मी क्षेत्रमा लागेकाका लागि त अध्ययन जरुरी हुन्छ ।’
उनी नेपालीमा लेखिएका पुस्तकले भाषा र विषयवस्तुबारे ज्ञान बटुल्न सहज पार्ने बताउँछिन् । ‘पुरानाभन्दा नयाँ लेखकका भाषाशैली अति नै सरल र सरस छन्,’ उनले भनिन्, ‘मलाई फिलर र सरल भाषाका उतारिएका उपन्यास धेरै नै मनपर्छ, यस्तै भाषाको मिठास पाउलो कोहेलोका उपन्यासमा पनि भेटिन्छ ।’

त्यसो त उनले समय हुँदा महिनामा ४÷५ वटासम्म साहित्यिक पुस्तक पढ्छिन् । उनले केही दिनअघि मात्र मदनकृष्ण श्रेष्ठको ‘महको म’ पढेर सकिन् । ‘म फिल्मी क्षेत्रमा लाग्नुपूर्व नै अध्ययन गर्ने बानी पारेकी थिएँ,’ उनले सुनाइन्, ‘आफ्नो क्षेत्रभन्दा बाह्य विषयमा लेखिएका पुस्तक अध्ययन गर्दा सोच पनि फराकिलो बन्छ ।’

नयाँ–नयाँ कुराको ‘एक्सपेरिमेन्ट’ गर्न र समाज बुझ्नलाई अध्ययन आवश्यक हुने बताउँछिन्, अभिनेत्री करिश्मा मानन्धर । उनी भन्छिन्, ‘पुस्तक पढ्दा अनेकौँ दृश्य आउँछन्, तिनले उडाउँछन्, गुडाउँछन् र ठाउँठाउँको यात्रा गराउँछन्, यसैले मलाई पुस्तक पढ्न मन लाग्छ ।’स्कुल पढिरहेकी उनी पछिल्लो समय शिक्षकले दिने गृहकार्यले गर्दा कोर्स बाहिरका पुस्तक पढ्न नपाएको बताउँछिन् । ‘अहिले त व्यस्त छु,’ उनले भनिन्, ‘खाली हुँदाको समय पुस्तक पढेरै बिताउने गर्छु ।’सामाजिक सञ्जाल र पत्रपत्रिकाले दिने ज्ञानभन्दा पुस्तकले दिने आनन्द छुट्टै भएको उनको तर्क छ । ‘पुस्तकलाई हेरेर पढ्नुमा आफ्नै आनन्द छ,’ उनले भनिन्, ‘पछिल्लो समय ध्रुवसत्य परियारको कैरन र अनिल थापाको अविराम बाबुराम पढेँ ।’

उनलाई जीवनी, राजनीतिक विश्लेषण र सीमान्तकृतका मुद्दा उठाइएका पुस्तक पढ्न मन लाग्छ ! पुस्तक पढ्न सुरु गरेपछि सकेरै छाड्ने बानी रहेको बताउँछिन् उनी । ‘किताब पढ्ने मन त हुन्छ तर समय नपुग्ने हुँदा कतिपय मनपरेका पुस्तक पनि पढ्न भ्याएकी छैन,’ उनले भनिन् ।
त्यसो त कतिपय अभिनेत्री सुटिङ र यात्रामा पनि अध्ययन गर्ने बताउँछन् । यस्तै अभिनेत्रीमा पर्छिन्, प्रियंका कार्की । उनी भन्छिन्, ‘यात्रामा प्रायः पुस्तक पढ्ने गरेकी छु, कहिलेकाहीँ सुटिङको खाली समय पनि पुस्तक पढ्छु ।’उनलाई प्रेमकथा, सामाजिक र सांस्कृतिक विषयमा लेखिएका पुस्तकले तान्छन् । ‘कतिपय किताबमा हामीले भोगेको समाज पाउँछौँ, समाजलाई कसरी परिवर्तन गर्ने भन्ने सन्देश पाउँछौँ,’ उनले भनिन्, ‘किताब पढ्नु आफूलाई परिपक्व र बुद्धिमान बनाउनु हो जस्तो लाग्छ ।’

कार्की पछिल्लो समय आएका नेपाली, अंगे्रजी र हिन्दी उपन्यास पढ्ने लायक हुने बताइन् । ‘अहिले बजारमा छानी–छानी पुस्तक भेटिन्छन्, कतिपय अंगे्रजी पुस्तकहरू नेपालीमा अनुवाद पनि भएका छन्,’ उनले भनिन् ‘पढ्ने जाँगर हुनेलाई बजारमा कुनै पुस्तकको अभाव हुँदैन, नेपाली भाषामा पनि उत्कृष्ट पुस्तक पाइन्छन् ।’ फुर्सदका बेला पछिल्लो समयका लेखकका नयाँ कृति बढी पढ्ने गरेको उनले सुनाइन् । यद्यपि उनलाई पछिल्ला समयका कतिपय कृति वैयक्तिकताको संकीर्णतामा जेलिएको जस्तै लाग्छ । ‘अहिलेका पुस्तकले लेखन कलालाई मात्रै बढी ध्यान दिने गरेको पाइन्छ,’ उनले भनिन्, ‘यसो गर्दा हामीले व्यावहारिक जीवनलाई केही हदसम्म बिर्सेका छौँ कि जस्तो लाग्छ ।’ पाश्चात्य साहित्यमा भने यस्ता कमजोरी नभेटिएको उनको ठहर छ ।

अभिनेत्री वर्षा शिवाकोटी पनि पुस्तक अध्ययनलाई आफ्नो दैनिक कार्यजस्तै ठानेको बताउँछिन् । उनले यात्रा, सुटिङ र घरमा फुर्सद भएका बेला पुस्तकलाई नै साथी बनाउने गरेको सुनाइन् । ‘जब हामी अध्ययन गर्ने बानी बसाल्छौँ, हाम्रो दिमाग पनि पे्रmस र फराकिलो हुन्छ,’ उनले भनिन्, ‘पुस्तक पढ्नु आफैँमा राम्रो कुरा हो, त्यसमा पनि धेरै ज्ञान लिन सकिन्छ, समाज र वर्तमानबारे पनि पुस्तकमै भेटिन्छ ।’ उत्प्रेरणा जगाउने र ज्ञानवद्र्धक पुस्तक पढ्न रुचि जाग्ने अभिनेत्री शिवाकोटीको तर्क छ । बाह्य किताब पढ्दा हरेक विषयमा जानकार भइने र आफ्नो बौद्धिकता पनि बढाउन सकिने भएकाले पनि उनी अध्ययन आवश्यक ठान्छिन् ।

‘पहिले–बाहिरी लेखकका पुस्तक बढी पढ्थे, अहिले नेपाली भाषामा पनि भिन्न–भिन्न विषयमा अनुसन्धान गरेर लेखिएका पुस्तक बढी भेटिन्छन्,’ शिवाकोटीले भनिन्, ‘किताब पढ्दा मनको भारी कम भएको महसुस हुन्छ, त्यसैले पनि अध्ययनलाई बानी पारेकी छु ।’ महिनामा कम्तीका पनि एउटा किताब पढ्ने गरेको उनी बताउँछिन् । ‘कामले गर्दा व्यस्त भइन्छ तर अध्ययन गर्नु पनि कामै हो,’ उनले थपिन्, ‘हामीले जति अध्ययन गर्छौं, त्यति सुखी र आनन्दसँग जीवन बिताउन सक्छौँ ।’ नेपाली साहित्य अहिले आधुनिकतातर्फ उन्मुख भएको उनको अनुभव छ ।

तर, नेपाली साहित्यमा प्रेम, यौन र युद्धले धेरै स्थान पाएको उनको आरोप छ । ‘नेपाली लेखकले हाम्रो समाज र जीवनमा धेरै छोएकै छैनन्,’ उनी भन्छिन्, ‘पहिले लेखकको यो ठूलो कमजोरी हो जस्तो लाग्छ ।’ उनले हालसम्म कथा, उपन्यास, जीवनी तथा बाहिरी विषयवस्तुमा लेखिएका डेढ दर्जन पुस्तक पढेको बताइन् । उनले पछिल्लो समय पढेको पुस्तक खगेन्द्र लामिछानेको ‘फुलानी’ हो । यो पुस्तक सकाएकी उनले अश्विनी कोइरालाको ‘प्रेमालय’ सुरु गरेकी छन् ।

अभिनेत्री बेनिशा हमालको तर्क बेग्लै छ । उनी समसामयिक विषयवस्तुमा जानकारी राख्न पुस्तक अध्ययन गर्नुपर्ने बताउँछिन् । व्यस्तताले गर्दा अध्ययनलाई अघि बढाउन सहज नभएको बताइन् । ऐतिहासिक वा आख्यान दुवै खालका पुस्तक उनको पढ्ने सूचीमा पर्छन् ।

पछिल्लो समय ‘थ्रिलर’ र ‘सस्पेन्स’ विषयका पुस्तकमा बढी ध्यान जाने गरेको उनले बताइन् । ‘मैले हालसालै ‘प्रेमालय पढेर सकाएँ,’ उनले भनिन्, ‘म नेपाली र विदेशी दुवै लेखकले लेखेका पुस्तक पढ्न रुचाउँछु, पछिल्लो साहित्य पनि मनपर्छ ।’ उनलाई प्रसिद्ध लेखक सेक्सपियर खालिद हुसेन, पाउलो कोहेलो लगायत लेखकका पुस्तक पढ्न पनि ज्यादै रुचि जाग्छ । ‘मलाई ज्यादै मनपरेको ‘द काइट रनर’ हो,’ उनले थपिन्, ‘अहिले खालिद हुसेनको एन्ड द माउन्टेन पढिरहेकी छु ।’ उनी पछिल्लो समय बजारमा आएका धेरैजसो पुस्तक पनि पढ्न लायक भएको बताउँछिन् । फुर्सदका बेला पुस्तक पढ्न रुचाउने बेनिशाले हालसम्म कोर्सभन्दा बाहिरी पुस्तक दुई दर्जनभन्दा बढी पढेकी छन् ।

‘हामीले खाली विदेशी लेखकका पुस्तक मात्रै राम्रा छन् भन्ठान्छौँ, नेपाली भाषामा पनि राम्रा पुस्तक आएको थाहा पाउँदैनौँ, नेपाली पुस्तकको बजार बुझ्न नसक्नु हामै्र कमजोरी हो,’ उनले भनिन्, ‘नजिकको तीर्थ हेलाजस्तै भएको छ, नेपाली पुस्तकको बजार ।’ उनी भ्याएको बेला पुस्तक अध्ययन गर्ने गरेको बताउँछिन् । ‘कलाकारितामा व्यस्त भए पनि पुस्तक पढ्नका निम्ति समय छुट्याउनुपर्छ भन्ने लाग्छ,’ उनले भनिन्, ‘एक हप्तासम्म पुस्तक पढ्न पाइनँ भने केही गल्ती गरेजस्तो महसुस पनि हुन्छ ।’
कलाकारिता क्षेत्रमा अति नै व्यस्त रहने अभिनेत्री रेखा थापा पनि पुस्तक पढ्न उत्तिमै महŒवपूर्ण ठान्छिन् । उनी व्यस्त समयलाई पनि विभाजन गरेर पुस्तक पढ्नका निम्ति समय छुट्याउँदिनन् । बरु अरु कामको चाप नभएका बेला अध्ययनतर्फ ध्यान दिन्छिन् । ‘किताब पढ्नकै लागि भनेर समय छुट्याउँदिनँ, तर आफूलाई चाहिएको ज्ञान लिनलाई अध्ययन गर्छु ।

मलाई क्रातिकारी भाव र शैलीमा लेखिएका पुस्तक मनपर्छ,’ रेखाले भनिन्, ‘पछिल्लो समय कामको व्यस्ताले गर्दा त्यति धेरै अध्धयन गर्न पाएकी छैन, फुर्सदको समय पुस्तकलाई नै दिन्छु, कहिलेकाहीँ यात्रा र सुटिङमा पनि पढ्ने बानी छ ।’ पछिल्लो समय बजारमा आएका कुनै कृति हतारमा लेखिएको उनलाई लाग्छ । ‘साहित्यले मानवीय संवेदनालाई बोक्छ, साहित्यको विषयवस्तु र प्रस्तुतिले पनि धेरै फरक पार्छ । कतिपय नेपाली पुस्तकमा राम्रो विषय उठान भए पनि विषयवस्तु कसिलो हुँदैन,’ उनले भनिन् । उनी आफूले दुई दर्जनभन्दा बढी बाहिरी विषयवस्तुमा लेखिएका पुस्तक अध्ययन गरेको सुनाइन् ।

अभिनेत्री रिमा विश्वकर्मा पनि पुस्तकपे्रमी नायिकाभित्र पर्छिन्, उनले फुर्सदको समय प्रायः पुस्तक पढ्नमै खर्चिने गरेको सुनाइन् । उनी आफूले पढ्दै गरेको वा मनपरेको पुस्तककोे फोटो र अंश आफ्नो फेसबुकमा पोस्ट गरिरहेकी पनि हुन्छिन् । आख्यानमा विशेष रुचि राख्ने उनी अंग्रेजी र नेपाली लेखकका पुस्तक पढ्न रुचाउँछिन् । उनलाई अंग्रेजी साहित्य लेखक पाउलो कोहेलो र नेपाली लेखक सुबिन भट्टराईका पुस्तक मनपर्छ । ‘मलाई लभ स्टोरी र पटकथा पढ्दा आनन्द आउँछ,’ उनले भनिन्, ‘कृष्ण धरावासीको लेखन पनि मनपर्छ, उनको लेखनशैली र भाषा मीठो र मनछुने हुन्छ ।’ उनलाई म्याथ्यु सेडको पुस्तक ‘बाउन्स’ मनपर्छ । यो पुस्तकले जिन्दगीका अप्ठेरा पक्षसँग जुध्न सिकाउँछ । उनले हालसम्म तीन दर्जनभन्दा बढी पुस्तक अध्ययन गरेको सुनाइन् ।

सुटिङमा पुस्तक
फिल्मी क्षेत्रमा व्यस्त रहने केही अभिनेत्री किताबको अम्बल मेटाउन सुटिङमा पनि अध्ययन गर्ने गर्छन् । उनीहरू सुटिङका बेला कहिलेकाहीँ प्राविधिक समस्या भएर लामो समय कुर्नुपर्ने अवस्थामा पुस्तक पढेर समय सदुपयोग गर्ने बताउँछन् । अभिनेत्री वर्षा शिवाकोटीले यात्रा, सुटिङका बेला पुस्तक अध्ययन गर्ने बानी परेको सुनाइन् । सुटिङको बेला टाढा–टाढासम्मको यात्रा गर्नुपर्ने र कसैलाई कुर्नुपर्ने समयमा पुस्तक नै पढ्ने गरेको उनको अनुभव छ । ‘कतिपय पुस्तक एकदमै पढ्न मन लागेको हुन्छ तर कामले गर्दा पढ्न पाइन्न,’ उनले भनिन्, ‘कहिलेकाहीँ सुटिङमै पनि आफूलाई मनपरेको पुस्तक बोकेर जान्छु ।’ उनले प्रायः सुटिङ र यात्राका बेला पुस्तक नै बोकेर हिँड्ने गरेको सुनाइन् । अभित्रेनी प्रियंका कार्की पनि सुटिङका बेला झोलामा पुस्तक बोकेर हिँड्छिन् । सुटिङको समय खाली हुँदा उनी पनि पुस्तक नै पढ्ने गरेको बताइन् । ‘दिनभरको सुटिङले मुड अफ भएको हुन्छ, यस्तो बेला पुस्तक पढ्दा आनन्द लाग्छ,’ उनले भनिन्, ‘सुटिङ र यात्रामा पुस्तक बोकेर हिँड्ने मेरो सानैदेखिको बानी हो ।’

प्रकाशित: २७ माघ २०७४ ०४:२० शनिबार

पढ्छन् हिरोइन