७ वैशाख २०८१ शुक्रबार
खेल

अन्तर बैंक फुटसल हुने


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबीएल)ले स्थापनाको ३२औं वार्षिकोत्सवमा अर्को महिनाको सुरुआतमा अन्तर बैंक फुटसल प्रतियोगिता गर्ने भएको छ।

सामाखुसी फुटसलमा फागुन ४ गते हुने प्रतियोगितामा आयोजकका दुईसअिहत जम्मा १६ टोलीको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताका सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छट । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन्।

समूह ‘ए’मा आयोजक एनआइबीएल सेतो, कृषी विकास बैंक, नबिल बैंक र एनआइसी एसिया बैंक छन् । त्यस्तै समूह ‘बी’मा नेपाल राष्ट्र बैंक, एनएमबी बैंक, कुमारी बैंक र ग्लोबल बैंक तथा समूह ‘सी’मा बैंक अफ काठमाडौं, सनराइज बैंक, एसबिआई बैंक र सिटीजन्स बैंक छन् । समूह ‘डी’मा नेपाल बैंक, मेघा बैंक, एनआइबीएल बैंक कालो र माछापुच्छ्रे्र बैंक छन्।

 

 

 

प्रकाशित: २७ माघ २०७४ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App