काठमाडौं – टिकापुर क्रिकेट क्लब र इन्टर–डिस्ट्रिक्ट स्पोर्टस क्लबले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेका छन्।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा टिकापुरले बुटवल क्रिकेट क्लबमाथि १० रनको रोमाञ्चक जित हात पार्दा इन्टर–डिस्ट्रिक्ट स्पोर्टस क्लबले रौतहट राइजिङ–११ माथि ५ विकेटको जित दर्ता ग¥यो।
टिकापुरले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै मात्र १ सय २९ रन जोड्न सक्यो । बुटवलका रविन क्षेत्रीले ४५ र ओपनर उदय पाण्डेले ४२ रन जोडे पनि टोलीको हार टार्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङको लागि निम्त्याइएको टिकापुरले ओपनर रबिन्द्रजंग शाहीको अविजित ६५ र राजन शेरचनको ५० रन मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ३९ रनको योगफल खडा गरेको थियो।
शुक्रबार सम्पन्न अर्को खेलमा रौतहतले प्रस्तुत गरेको १ सय १९ रनको लक्ष्य इन्टर–डिस्ट्रक्ट स्पोटर्स क्लबले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो।
प्रकाशित: २७ माघ २०७४ ०४:०६ शनिबार