७ वैशाख २०८१ शुक्रबार
खेल

शिवरामलाई उपाधि

काठमाडौं – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) बाट सुरु भएर शुक्रबार गोकर्ण गल्फ क्लबमा सम्पन्न गल्फर पाइलटस एनपिजिए क्लासिक गल्फ प्रतियोगिताको उपाधि शीर्ष वरियताका व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले जितेका छन्।

 तीन दिनमा ५४ होलको प्रतिस्पर्धा गराइएको प्रतियोगितामा शुक्रबार अन्तिम दिन १ अन्डर ७१ खेल्दै शिवरामले समग्रमा ८ अन्डर २ सय स्कोरका साथ उपाधिमा कब्जा जमाएका हुन् । अन्तिम दिन १ अन्डर ७१ कै प्रदर्शन गरे पनि ३ अन्डर २ सय ५ मा सिमित भएका भुवन नगरकोटी उपविजेतामा सिमित हुँदा रामे मगर (७४) समग्रमा १ ओभर २ सय ९ स्कोरका साथ तेस्रो भए।

शिवरामले उपाधिसँगै नगद ५५ हजार रुपैयाँ पुरस्कार पाउँदा भुवनले ३७ हजार तथा रामेले २५ हअजार रुपैयाँ पाए । यसैगरी चौथो भएका जयराम श्रेष्ठ (५ ओभर २ सय १३) ले नगद २२ हजार रुपैयाँ पाए। 

धनबहादुर थापा, संजय लामा र रवि खड्का समान ६ ओभर २ सय १४ स्कोरका साथ संयुक्त रुपमा पाँचौं हुँदै जनही १६ हअजार ८ सय ३३ रुपैयाँ पुरस्कारको हकदार बने । त्यस्तै भुवनकुमार रोक्का, सूर्यप्रसाद शर्मा, कुमार कार्की र बलभद्र राई समान ८ ओभर २ सय १६ स्कोरका साथ संयुक्त रुपमा आठौं भए । उनीहरुले जनही १० हजार ७ सय ५० रुपैयाँ पाए। 

एमेच्योरतर्फ विनोद तामाङले १२ ओभर २ सय २० स्कोरका साथ उपाधिमा कव्जा जमाउँदा सुवास घिसिङ (२२३) दोस्रो भए। 

प्रकाशित: २७ माघ २०७४ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App