प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ।
उपहार आदान–प्रदानले सम्बन्ध बलियो हुने मानिन्छ। १४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ।
१४ फेब्रुअरी रोमका पादरी भ्यालेन्टाइनको मृत्यु भएको दिन हो। राजाले आफ्ना सिपाहीलाई विवाह गर्न रोक लगाएका बेला भ्यालेन्टाइनले विवाह गर्न सघाएका थिए, त्यसैले उनलाई राजाले मृत्युदण्ड दिए । प्रेम र विवाहका पक्षपाती भएकाले संसारले पादरी भ्यालेन्टाइनलाई सम्मानले हेर्न थाल्यो।
उपहार आदान–प्रदानले सम्बन्ध बलियो हुने मानिन्छ । १४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ।
यो दिवसमा प्रेम गर्ने जोडीले एकअर्कालाई विभिन्न उपहार दिने गर्छन्। कतिपयले पहिलो प्रेम–प्रस्ताव पनि यही अवसरमा गर्छन्। प्रेम प्रस्ताव गर्दा पनि उपहार नै दिने गरिन्छ। प्रेम दिवसको दिन मात्रै उपहार दिनुपर्छ भन्ने छैन तर मायालुबाट नसोचेको उपहार पाउँदा खुसी बढ्न सक्छ । तसर्थ उपहारले प्रेमी÷प्रेमिकाबीच सम्बन्ध अझ गाढा बनाउन सक्छ।
प्रेम दर्शाउन दिइने केही प्रचलित उपहार :
जोडी कप
जोडी कप प्रेमिल मनहरूको रोजाइमा परेको छ। आफू र आफूलाई प्रेम गर्नेको फोटो प्रिन्ट गरेर, मायाका मीठा अनुभूति लेखेर उपहार स्वरुप दिन सकिन्छ।
लकेट÷चेन
उपहार स्वरूप लकेट दिन सकिन्छ। आफू र आफ्नो नामको अक्षरबाट बनेका लकेट पनि राम्रो विकल्प हुन सक्छ। लकेटमा नाम मात्र नभएर, फोटो राख्न मिल्ने र फोटोलाई नै प्रिन्ट गरेर उपहार दिन सकिन्छ।
किताब
पछिल्लो समय किताब उपहारको चलन बढेको छ । उपहारमा किताब दिनु धेरै राम्रो कुरा हो। यसमा प्रेमकथामा आधारित कथा, उपन्यास दिन सकिन्छ । योसँगै साथीको रोजाइ बुझेर पनि पुस्तक दिन सकिन्छ ।
औँठी
बजारमा उपहार धेरै पाइन्छ, तर सधैँ याद आउने उपहार हुन सक्छ, औँठी। यसमा सुन, चाँदी र बजारिया औँठी पनि दिन सकिन्छ।
कार्ड
प्रेमिल शब्दसहितका कार्ड उपहार दिन सकिन्छ । कार्डमा लेखिएका शब्दले आफ्नो भावना प्रकट गर्न सक्छ। मनमा तरंग फैलाउने खालका मायाका शब्दले भरिएका कार्ड उपहार दिन सकिन्छ।
प्रकाशित: २७ माघ २०७४ ०३:३८ शनिबार