वासना न भए मोक्ष बन्ध मानिन्छ वासना ।
मनबाट विचारेर हटाउ राम वासना ।।
चन्द्रलाई बादलझैँ सेतो घर मसी सरी ।
मनलाई बिगार्छे यो आशाको पास राक्षसी ।।
अन्तर्मुख भएकाले आत्मज्ञान स्वरूपको ।
आगोमा होमिद्यौ झार तीनै लोक स्वरूपको ।।
अनि मात्र हटीजाला चित्तवृत्ति मुमुक्षुको ।।।
सांसारिक कुरा सारा अवास्तविक मान्दछ ।
कुनै विषय सम्झन्न सबै त्यागेर बस्दछ ।।
त्यस्ता ममुक्षुको चित्त रहँदैन हराउँछ ।।।
जागदा चित्त यो घोर सप्नामा मूढ बन्दछ ।
सुषुप्तिकालमा शान्त चौथोमा अनि मर्दछ ।।
क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)
प्रकाशित: २७ माघ २०७४ ०२:४४ शनिबार