६ वैशाख २०८१ बिहीबार
राजनीति

न्यायमा पहुँच बढाउनुपर्छ : प्रधानन्यायाधीश

काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीले विकृति÷विसंगति अन्त्य गरी शान्तिपूर्ण समाजको निर्माण गर्न न्यायमा पहुँच बढाउनुपर्ने बताएका छन्। 

राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालले आयोजना गरेको ‘पुनःस्थापकीय न्यायस्रोत केन्द्र’ को उद्घाटन गर्दै उनले पीडित र पीडकलाई उचित दण्ड र न्यायको अनुभूति हुने गरी न्यायमा पहुँच पु¥याउनुपर्ने बताए। प्रधानन्यायाधीश पराजुलीले भने- ‘क्षतिपूर्ति दिन सक्ने आर्थिक अवस्था पीडकको छ कि छैन ? पीडितलाई न्यायको अनुभूति हुने खालको न्याय भएको छ कि छैन, कसरी न्याय मिल्छ भनेर अध्ययन गर्न जरुरी छ।’ 

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले कैदीलाई सुधार गरी समाजमा गएर जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै पीडकलाई दण्ड दिएर मात्र नपुग्ने भएकाले समाजमा पुनःस्थापना जरुरी छ भने।

प्रकाशित: २६ माघ २०७४ १५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App