८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल बन्दूकधारीको शंकामा खाली गराइयो

जाेनएफ केनेडी अन्तरार्ष्ट्रिय विमानस्थलको एरियल भ्यु। तस्विरः एजेन्सी

न्युवोर्क–न्युयोर्ककको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बन्दुकधारी भएको शंकामा खाली गराइएको छ। अवतरणका लागि आकाशमा आएका जहाजलाई अन्तै डाइभर्ट गराएर विमानस्थलभित्र बन्दूकधारीको खोजी गरिएको छ।

आइतबार राति एक अज्ञाक्त व्यक्तिले विमानस्थल कर्मचारीलाई टर्मिनल ८ र १ मा एक—एक जना बन्दुकधारी भएको जनाकारी दिएपछि विमानस्थल खाली गराइएको विमानस्थल प्रहरीले बताएको छ।

एक अज्ञाक्त व्यक्तिले विमानस्थल कर्मचारीलाई टर्मिनल ८ र १ मा एक—एक जना बन्दुकधारी भएको जनाकारी दिएपछि विमानस्थल खाली गराइएको विमानस्थल प्रहरीले बताएको छ।

प्रहरी अहिले विमानस्थल खाली गराएर उक्त सुचना दिने मानिस को हो पत्ता लगाउने प्रयास गरिरहेको छ। अहिलेसम्म कोही पक्राउ परेको छैन।

सूचनापछि हजारौं हवाई यात्रुले त्रासका कारण विमानस्थल छोडेका थिए। सो अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जहाजहरुलाई नजिकैको बफ्यालो विमानस्थलमा डाइर्भट गराइएको छ।

प्रहरी अनुसन्धानबाट सो सूचना पुष्टि हुन नसकेपछि फेरि विमानस्थलको अवस्था सामान्य बन्दै गएको छ।

 

प्रकाशित: ३१ श्रावण २०७३ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App