८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रकवि घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथी

काठमाडौं- मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाका लागि तीन सदस्य सिफारिस गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनित गर्ने तीन सदस्यको बारेमा छलफल भएको थियो।

बैठकमा कसैको नाम चर्चा नभएको बताउँदै सिफारिसको जिम्मा प्रधानमन्त्रीलाई दिएको कानुनमन्त्री यज्ञबहादुर थापाले बताए। ‘दलहरुसँग परामर्श गरेर तीन जनाको नाम सिफारिस गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिइएको छ’, थापाले भने।

यस्तै सरकारले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ।

प्रकाशित: २६ माघ २०७४ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App