७ वैशाख २०८१ शुक्रबार
राजनीति

समानुपातिक सांसदमा कुन दलबाट कति महिला ?

काठमाडौं- प्रतिनिधि सभाको समानुपातिक तर्फ महिला सदस्यको प्रतिनिधित्व धेरै हुने भएको छ। राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ जना, राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने आयोगले जनाएको छ।

 नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ। सोही प्रवधान अनुसार समानुपातिक तर्फ महिला सदस्यको प्रतिनिधित्व बढि हुने निश्चित भएको हो।

दलहरुले सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनौट गरी माघ २७ गतेदेखि माघ २९ गते साँझ ५ बजे भित्र नामावली निर्वाचन आयोगमा पेश गर्न आयोगले आग्रह गरेको छ।

शुक्रबार सार्वजनिक भएको प्रतिनिधि सभा समानुपातिक तर्फको परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४१,  नेपाली कांग्रेस ४०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १७, राष्ट्रिय जनता पार्टी नेपाल ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका छन्।

प्रत्यक्षतर्फ एमालेले ८० , माओवादीले ३६ र कांगेसले २३ सिट जितेको थियो।

 

 

प्रकाशित: २६ माघ २०७४ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App