७ वैशाख २०८१ शुक्रबार
खेल

ओमानको चौथो विकेट सन्दिपको बलमा बोल्ड

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपालले दोस्रो खेल ओमानसँग खेलिरहेको छ।

नामिबियामा जारी खेलमा नेपालका सन्दिप लामिछानेले २७ औं ओभरमा ओमानको चौथो विकेट लिएका हुन्।

....

नेपालले २५ औं ओभरमा ओमानको तेस्रो विकेट लिएको छ। क्रिजमा निरन्तर टिकेर ४६ रन बनाएका एक्युब ल्यासलाई नेपालका बसन्त रेग्मीले आउट गरे। ५३ बल खेलेका ल्यासले ५ चौका प्रहार गरेका थिए।

यसअघि सन्दिप लामिछानेले दोस्रो विकेटका लागि जतिन्दर सिंहलाई ११ औं ओभरमा आउट गरेका थिए।

पहिलो विकेटका रुपमा तेस्रो ओभरमा एसएस खादेलाई सोमपाल कामीले आउट गरेका थिए।

१३९ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको ओमानले २२७ औं ओभरमा १०० रन कटाएको छ।

प्रकाशित: २६ माघ २०७४ ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App