८ वैशाख २०८१ शनिबार
खेल

नेपालद्वारा १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत

नामिबिया – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई जितका लागि १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ।

 नामिबियाको एफिज पार्क मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुदै १ सय ३८ रनमात्र बनाउन सक्यो । नेपालका लागि शरद भेषावकरले सर्वाधिक २२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरी २०, ओपनर दिलिप नाथ १९, सोमपाल कामीले नटआउट १७, कप्तान पारस खड्का १७, रोहितकुमार पौडेल १४, अर्का ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए।

त्यसैगरी आरिफ शेख ६, बसन्त रेग्मी १, करण केसी ४ र सन्दिप लामिछाने ० रनमै आउट भए । नेपालका ६ जना ब्याट्सम्यान क्याचआउट भएका थिए । नेपाललाई १३८ रनको सामान्य स्कोरमा समेटन ओमानका कालिमुल्लाहले ४, बिलाल खानले २ विकेट लिएका थिए। 

१ सय ३९ रनको विजयी लक्ष्य सहित ओमान केहिबेरमा ब्याटिङमा उत्रदैछ। 

प्रकाशित: २६ माघ २०७४ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App