४ वैशाख २०८१ मंगलबार
अर्थ

रसुवागढी नाका हुँदै ३१ लाखको मुडा चीन निर्यात

बिक्रीका लागि चीनको केरुङ पु¥याइएको बाँसको मुडा ।

रसुवा – रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख भन्दा बढीको बाँसको मुडा चीन निर्यात भएको छ । नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर ३१ लाख २० हजार मूल्य बराबरको मुडा निर्यात गरिएको हो।
नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यातको क्रममा १२ हजार ८ सय ८० ओटा बाँसको मुडा चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ।

नेपालमा उत्पादन भएको मुडा चीनको ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्रीमा लैजाने गरिएको केरुङमा रहेका नेपाली व्यावसायी पुरुषोत्तम पौडेलले बताए । पौडेलका अनुसार सुनसरी, काठमाण्ठौ र धादिङको कारगारबाट उत्पादन भएको मुडा लैजाने गरिएको छ । ‘अन्य कारागारबाट पनि मुडा संकलन हुने गरेको छ, पौडेलले भने, तर यी ३ जिल्लाबाट बढी संकलन हुन्छ।’

नेपालमा उत्पादन भएको मुडा चीनमा निर्यात गर्ने व्यापारीमा मुकुन्द पौडेल, बुद्धीप्रसाद पौडेल र राजु प्याकुरेल रहेका छन् । आर्थिक वर्ष २०७४–७५ को पहिलो ६ महिनामा ३ करोड २० लाख बराबरको बाँसको मुडा, काठको टेबल र अम्रिसोको कुचो निर्यात भएको थियो।

चीन गत आर्थिक वर्षमा १ करोड २० लाख १५ हजार बराबरको मुडा निर्यात भएको प्लान्टल क्वारेन्टाइन अधिकृत रामनारायण यादबले जानकारी दिए । गत वर्ष २१ हजार ४ सय ५५ थान बाँसको मुडा निर्यात भएको उनको भनाई छ।
 

 

प्रकाशित: २६ माघ २०७४ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App