६ वैशाख २०८१ बिहीबार
समाज

खाजा खान’गएकी बालिका बलात्कृत

नेपालगन्ज – नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको होटल दरबार ‘खाजा खान’ पुगेकी एक बालिका बलात्कृत भएकी छन् । बिहीबार राती करिव सवा १० बजेतिर होटलको २१० नम्बर कोठामा १४ बर्षिया बालिका बलात्कृत भएकी हुन् ।

बलात्कारमा संलग्न रुकुम चौरजहारीका युवक फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखाका इन्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । फरार युवकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

पीडित बालिका बाँके बैजनाथ गाउँपालिकास्थित चिसापानी निवासी हुन् । चिसापानी कै २० बर्षिया युवतीसँग पीडित बालिका बिहीबार दिउँसो काम विशेषले कोहलपुर बजार आएकी थिईन् ।

अनुसन्धानमा संलग्न प्रहरी निरिक्षक विष्टका अनुसार बजार घुम्न आएकी युवती र बालिकालाई रुकुम चौरजहारीका दुई युवाले कोहलपुरमा भेटी युवतीलाई ‘खाजा खान’ जाउँ भन्दै  नेपालगन्जसम्म ल्याएका थिए  ।

‘दुबैलाई नेपालगन्जको दरबार होटलमा पु¥याई ’ बलात्कार गरेको प्रहरी निरीक्षक विष्टले नागरिकसँग भने । उनीहरूलाई जर्बजस्ती बियर खुवाएपछि बलात्कार गरिएको थियो बलात्कारको घटना भएपछि ती बालिका बलात्कार पछि युवाहरु युवती र बालिकालाई होटलमै छाडेर फरार भएका थिए  । अर्की युवती भने बलात्कार हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

 बलात्कारमा संलग्न युवाका साथी रुकुम चौरजहारीका सुरेन्द्र बुढाथोकीलाई भने प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । फरार अभियुक्तको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक विष्टले बताए ।पक्राउ परेका युवकसँग बयान लिएर फरार व्यक्तिको खोजी भईरहेको स्रोतले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा ती युवाहरु चौरजहारीबाट सामान किन्न बाँके आईपुगेका थिए । २० बर्षिया युवती र युवाहरुबीच यसअघि नै चिनजान भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

 होटलमा बलात्कार भएको घटना राती साढे १० बजेतिर मात्र थाहा भएको प्रहरीले जनाएको छ । ‘पीडित बालिका आफै आएर पुष्पलाल चोकमा रहेको प्रहरी बिटलाई घटनाको बयान दिएपछि प्रहरीले  तत्काल घटनापछि प्रहरीले होटलका अन्य कोठामा पनि छापा मारेको थियो । पीडित बालिकाको उद्धार गरी प्रहरीले स्वास्थ्य परिक्षण गरिसकेको जनाएको छ । स्वास्थ्य परिक्षणका क्रममा पनि बालिका बलात्कृत भएको संकेत देखिएको प्रहरी स्रोतले जनाएको छ ।

 

 

प्रकाशित: २६ माघ २०७४ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App