कामुक सपनाले निकाल्छ स्वप्नदोष

सोमबार, ३१ साउन २०७३, १२ : २९ नागरिक

म १९ वर्षको भएँ । राति सुतेको समयमा सपनामा राम्री युवतीसँग सम्भोग गरेको देख्छु । यस्तो सपना हप्तामा दुईतीन पटक देख्छु । सपनामा यौनसम्पर्क गरेको देखेको कारण होला, बिउँझदा वीर्य स्खलित भएको हुन्छ । यो कस्तो समस्या हो ? यसबाट कसरी जोगिन सकिन्छ ?
सी

तपाईंको उमेरका अधिकांश युवालाई यस्तो हुने गर्छ । यो कुनै रोग होइन । यो त एउटा शारीरिक प्रक्रिया हो । सपनामा सम्भोग गरेको देखेर वीर्य निस्कने भएकाले यसलाई स्वप्नदोष भनिन्छ ।

स्वप्नदोषको अर्थ निदाएको बेलामा विनासम्भोग क्रिया वीर्य स्वतः स्खलित हुनु हो । तपाईंको हकमा पनि यस्तै भएको हो । धेरैजसो स्वप्नदोष कामुक सपनाको कारणबाट नै हुन्छ । विवाह नगरेका युवा तथा लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेकामा स्वप्नदोष हुने गर्छ । स्वप्नदोष सामान्य प्राकृतिक प्रक्रिया भएकाले डराउनुपर्दैन ।

यसको उपचारका लागि चिकित्सककहाँ जान पनि आवश्यक छैन । यस्तो समस्या भएकाले राति पिसाब रोकेर बस्नु हुँदैन ।  कब्जियत छ भने तुरुन्त उपचार गर्नुपर्छ । किनभने, कब्जियतले पनि स्वप्नदोषको मात्रालाई बढाउन सघाउँछ । विवाह भएपछि हुने नियमित सम्भोगले यो समस्या आफैँ हटेर जान्छ । हस्तमैथुनले पनि यसलाई हटाउन मद्दत गर्छ । अश्लील साहित्य नपढ्नु, ब्लू फिल्म नहेर्नु, स्त्रीहरूको सम्पर्कमा धेरै नबस्नु, प्रेम र यौनसम्बन्धी कल्पना नगर्नु स्वप्नदोषबाट बच्ने उपाय हुन् ।







यसमा तपाईको मत


अन्य समाचार

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...