coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा शीतकालीन ओलम्पिक सुरू

तस्विर : एजेन्सी

सोल– दक्षिण कोरियामा आज शुक्रबारबाट शीतकालीन हिउँदे ओलम्पिक सुरू भएको छ ।कोरियाको प्योङचाङमा हुने उक्त शीतकालीन ओलम्पिकमा हिँउमा खेलिने १५ खेलहरू समावेश गरिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

१७ दिनसम्म हुने उक्त ओलम्पिकमा विश्वभरबाट झन्डै ३ हजार खेलाडीहरू सहभागी हुने छन्।
उक्त ओलम्पिक संसारको अहिलेसम्मकै चिसो ओलम्पिक हो । दक्षिण कोरियाको एक छानो भएको रंगशालामा सम्पन्न  उक्त ओलम्पिक हुन लागेको हो । ओलम्पिकको पूर्व सन्ध्यामा दक्षिण कोरियाली सांगीतिक टोली खेल सुरू हुनु  एक दिन अगावै दक्षिण कोरिया पुगिसकेका थिए।दक्षिण कोरियामा हुन गइरहेको उक्त ओलम्पिक दुई कोरियाबीचको कुटनीतिक सम्बन्ध निर्माणमा एक महत्वपूर्ण कदम बन्ने विश्वास रहेको छ।

प्रकाशित: २६ माघ २०७४ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App