८ वैशाख २०८१ शनिबार
अर्थ

उत्पादन चिनाउने अवसर


कुनसेल लामा
निर्देशक, अल्टरनेटिभ प्रोफाइल

अल्टरनेटिभ प्रोफाइल युपिभिसी इन्डष्ट्रिज प्रालिले सन् २००३ मा पहिलोपटक युपिभिसीका भ्याल ढोका नेपालमा भित्र्याएको हो । यो क्षेत्रमा हाम्रो १५ वर्षको अनुभव छ ।

सन् २०१२ मा इन्सुलेट ड्राइवाल उद्योग स्थापना गरी नेपालमै प्रिफ्याब उत्पादन सुरु गरेका हौं, जुनबेला कसैले उत्पादन गरेको थिएन । अहिले पनि उत्पादन गर्ने कमै छन् । आधुनिक प्रविधिको प्रयोग गर्छौं । अल्टरनेटिभ फर्निचर ४० वर्षदेखि उत्पादन गर्दै आएका छौं ।

फर्निचर युरोपमा पनि निर्यात गरिरहेका छौं । युपिभिसी भारतमा भन्दा अगाडि उत्पादन सुरु गरेका हौं । त्यतिखेर धेरै मान्छेले बुझेनन् । उत्पादनका बारेमा ग्राहकलाई बुझाउन निक्कै गाह्रो भएको थियो तर अहिले ग्राहक आफैं खोजी खोजी आउँछन् । यो प्रदर्शनीलाई हामीले हाम्रा उत्पादनहरु देखाउने अवसरको रुपमा लिएका छौं । भारतीय कम्पनीहरु पनि सहभागी छन्, उनीहरुलाई नेपालमा पनि यस्तो उत्पादन हुन्छ भनेर देखाउन पाएका छौं ।

 

प्रकाशित: २६ माघ २०७४ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App