coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

टोटेनह्यामको जित

 लन्डन– एरिक लामेलाले चोटमुक्त हुँदै मैदान फर्किएपछि गरेको पहिलो गोलमा टोटेनह्याम बुधबार चौथो श्रेणीको न्युपोर्ट काउन्टीलाई २–० ले पराजित गर्दैै एफए कपको पाँचाै चरणमा प्रवेश गरेको छ ।

वेम्बली रंगशालामा सम्पन्न खेलको २६आै मिनेटमा न्युपोर्टका ड्यान बट्लरको आग्मघाती गोलमा अग्रता लिएको टोटेनह्यामका लागि त्यसको ८ मिनेटपछि लामेलाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । लामेलाले सन् २०१६ को सेप्टेम्बरपछि गरेको यो पहिलो गोल हो ।१० दिनअघि सम्पन्न पहिलो लेगमा टोटेनह्यामलाई १–१ को बराबरीमा रोक्न सफल भए पनि न्युपोर्ट रिप्लेमा सफल भएन ।

 

प्रकाशित: २६ माघ २०७४ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App