काठमाडौं – मानव तस्करीको अभियोगमा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई नियन्त्रणमा लिएको हो।
खड्गीले विभिन्न व्यक्तिलाई मोटो रकम असुलेर गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको भन्ने उजुरी परेपछि उनलाई अनुसन्धानका लागि नियन्त्रण लिइएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीका अनुसार खड्गीले काेरियामा ११ जनालाई छाडेको र प्रतिव्यक्ति दश देखि पन्ध्र लाख रुपैया लिएको उजुरी परेको छ। कार्कीले अन्य कलाकारले पनि मानव ओसार पसार गरेको सूचना आएको जानकारी दिए । अन्य कलाकारको संलग्नताबारे सिआइबीले अनुसन्धान गरिरहेको कार्कीले बताए। मानव अोसार पसार अन्तरदेशीय अपराध भएकाले गन्तव्य मुलुकको प्रहरीले पनि अनुसन्धान गरिरहेको सिआइबी प्रमुख कार्कीले जानकारी दिए ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...
इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
यसमा तपाईको मत