coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्यार्थीलाई  नियम सिकाउँदै ट्राफिक प्रहरी

ललितपुर – जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ। 

ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले गत साताबाट ‘विद्यालयमा शिक्षा’ कार्यक्रममार्फत विद्यार्थीलाई ट्राफिक नियमका बारेमा सिकाउन थालेको हो। एक सातामा नौवटा विद्यालयमा कार्यक्रम गरिएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए । उनले भने, “ललितपुरका सबै विद्यालयमा पुग्ने हाम्रो लक्ष्यसंगै जानकारीमूलक भिडियो र बालबालिकासँग अन्तरक्रिया गरेर उनीहरुलाई ट्राफिक शिक्षा दिन लागिएको होे।” 

प्रहरी निरीक्षक हाछेथुका अनुसार भविष्यका सडक प्रयोगकर्तालाई अहिले सिकाउँदा भविष्यमा समेत सडक सुरक्षित हुनेछ । बालबालिकाले आफूले सिकेका कुरा व्यवहारमा उतार्नुका साथै अभिभावकलाई समेत सिकाउँछन्। 

उक्त परिसरले शिक्षकमार्फत समेत बालबालिकालाई सिकाउने योजना बनाएको छ। प्याब्सनसँगको सहकार्यमा पहिले शिक्षकलाई तालीम दिने र ती शिक्षकबाट बालबालिकालाई सिकाउने उनको भनाइ थियो। 

अहिले विद्यालयको पाठ्यपुस्तकमा सडक नियम र अपनाउनुपर्ने सावधानीका विषय समेटिएको छैन। 

प्रकाशित: २५ माघ २०७४ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App