८ वैशाख २०८१ शनिबार
समाज

जिपको ठक्करबाट युवतीको मृत्यु

भीमदत्तनगर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ। 

धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बा १३ च ३९०४ नम्बरको जिपले बनहरा पुलमा पैदल हिडिरहेकी शुक्लाफाँटा नगरपालिका–१ की २० बर्षिया हजारी विकलाई ठक्कर दिँदा उनको घटनास्थलमै  मृत्यु भएको थियो। 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणी भट्टले चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए। युवतीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पुर्‍याइएको छ। मृतक विक पैदल हिडेर दिदीलाई भेट्न जाँदै थिइन। 

प्रकाशित: २५ माघ २०७४ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App