coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

त्रिशूलीमा ट्यांकर खस्दा चालक च्यापिए, सहचालक बेपत्ता

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कोहलपुरबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नंको ट्यांकर त्रिशूलीमा खसेको हो । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ४३१४ नंको कन्टेनरको ठक्करबाट दूधको ट्यांकर नदीमा खसेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्यांकरकोे केही भाग मात्र पानीबाहिर देखिएको छ भने अन्य भाग पूरै डुबेको छ । चालक गाडीभित्र च्यापिएको देखिए पनि सहचालक भने देखिएका छैनन् । 

उद्धारका लागि कुरिनटारबाट सशस्त्र प्रहरी र भरतपुरबाट क्रेनसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको उनले बताए। आज बिहान ६ः१३ बजे मात्र प्रहरीले घटनाबारे जानकारी पाएको र घटना कति बेला भयो भन्ने यकिन भएको छैन। 

चालक र सहचालकको नाम खुल्न सकेको छैन । प्रहरीले दुवैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। 

प्रकाशित: २५ माघ २०७४ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App