coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओलम्पिकमा अमेरिकाको हजार स्वर्ण

रियो दी जेनेरियो- स्टार पौडी खेलाडी माइकल फेल्पसले ओलम्पिकमा २३ स्वर्ण पदक जित्दै ओलम्पिक पौडीमा आफ्नो चम्किलो करियरको अन्त्य गरेका छन्। रियो ओलम्पिकको मध्यतिर उसेन बोल्टको चर्चा सुरु हुने बेला फेल्पसको स्पर्धा भने सकिएको छ।

एथलेटिक्स ट्रयाकका २९ वर्षे जमैकन स्टार बोल्टले आइतबार राती १०० मिटरमा प्रतिस्पर्धा गर्दैछन। रियो ओलम्पिकमा धेरै प्रतिक्षा गरिएको खेलअघि बोल्टले विपक्षीबाट आफूलाई कुनै चिन्ता नभएको बताएका छन। यो वर्षको 'तिव्र गतिका मानिस' चिर प्रतिद्वन्द्वी जस्टिन जाल्टनबाट आफूलाई कुनै डर नभएको बोल्टले बताए। उनले भने, 'मेरा लागी कुनै डर छैन।'

रियो ओलम्पिकमा रोमाञ्चक दौड सुरु हुन अघि शनिबार १० हजार मिटरमा ब्रिटेनका मो फाराहले स्वर्ण पदक जितेका थिए। तर त्यो रात फेल्पसले स्वर्ण पदक जितेपछि अमेरिकाले समग्रमा ओलम्पिकमा १ हजार स्वर्ण पदक जितेको बताएको छ। ३१ वर्षे पौडी स्टार फेल्पसले ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण जितेका थिए। उक्त इभेन्ट ३ मिनेट २७.९५ सेकेन्डमा पूरा गरिएको थियो। उक्त इभेन्ट फेल्पसका लागि करियरको पचासौं जितको खुसी थियो। ओलम्पिकको इतिहासमा सबैभन्दा धेरै सफल मानिएका खेलाडी फेल्पसले रियो ओलम्पिकमा ५ स्वर्ण र १ रजत पदक थप्दै समग्रमा २८ पदक सहित करियरको अन्त्य गरेका छन।

प्रशिक्षक बोब बोमानले फेल्प्स जस्तो खेलाडी आउन दशकौं कुर्नु पर्ने बताएका छन। उनले भने, 'उनी जस्तो खेलाडी हामीले फेरी सजिलै पाउने छैनौं। यो एक पुस्ताको लागी मात्र होइन। हुन सक्छ यो १० पुस्तासम्म जान सक्छ।'

अन्तिम स्पर्धामा आफ्नो स्वाभिमानमा चोट पुगेको फेल्पसले बताएका छन्। अन्तिम प्रतिस्पर्धामा आफूले सोचेजस्तो नतिजा आउन नसकेको उनको भनाई थियो। फेल्प्सले भने, 'म बेग्लै ढंगमा करियर टुंगाउन चाहन्थे। मेरो त्यो सपना साकार भएन।'

ओलम्पिकमा अमेरिकाको स्वर्ण पदक संख्या १ हजार पुर्‍याउने क्रममा क्याथलिन वाकर, लिले किङ, सिमोनी मानुइल र डाना भोलमेरले आफ्नो इभेन्ट जितेका थिए। जसका कारण १ हजार स्वर्ण पुगेको अमेरिकी ओलम्पिक कमिटीले बताएको छ।

प्रकाशित: ३१ श्रावण २०७३ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App