पत्रकार भेषमा पाँचतारे होटलमा चोरी

बिहिबार, २५ माघ २०७४, ०८ : ०८ वसन्त खड्का  | @bashantkdk

काठमाडौं – ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।

उनले विशेषगरी काठमाडौंका पाँचतारे तथा अन्य ठूला होटलमा दिनभर हुने कार्यक्रम तथा त्यहाँ उपस्थित हुने अतिथिबारे जानकारी लिन्थे । विभिन्न कार्यक्रमको जानकारी संकलन गरेपछि उनी टाइसुटमा सजिएर सम्बन्धित होटल पुग्थे । केसीले पत्रकार परिचयपत्रसमेत घाँटीमा भिरेका हुन्थे । केसीको ड्रेसअप, घाँटीमा प्रेसकार्ड र हातमा डायरीसमेत हुने भएकाले कसैले पनि उनी चोर हुन भन्ने भेउ पाउँदैनथे । कार्यक्रम आयोजक, होटलका कर्मचारी तथा अन्य सहभागीले समेत उनलाई पत्रकार नै भनेर विश्वास गर्थे।  

कार्यक्रम सकिएपछि केसी पनि अन्य सहभागीसँगै लन्च तथा डिनरमा सहभागी हुन्थे । उनी यत्तिकैमा रोकिँदैनथे । अन्य सहभागी ब्याग, ल्यापटप, महंगा वस्तु कतै राखेर खानपिनमा व्यस्त रहेका बेला केसीले मौकाको फाइदा उठाउँथे । उनी ती सामान चोरेर त्यहाँबाट हिँड्थे। 

तारे होटलमा पत्रकारको भेषमा प्रवेश गरेर महंगा वस्तु तथा व्याग र नगद चोरी गर्नु उनको दैनिकी थियो । त्यसरी चोरेका महंगा ग्याजेट तथा वस्तु उनले सस्तो मूल्यमा बिक्री गरेको प्रहरी बताउँछ । ठूला होटलमा हुने कार्यक्रममा सहभागीका ल्यापटपलगायत महंका सामग्री हराएको भन्दै निवेदन परे पनि प्रहरीले चोर पत्ता लगाउन सकिरहेको थिएन । पत्रकारको भेषमा टाइसुट लगाएर होटलमा जाने केसी चोरी कार्यमा संलग्न छन् भन्नेमा प्रहरीसमेत विश्वस्त हुनसकिरहेको थिएन।  
गत शनिबार काठमाडौंको कान्तिपथस्थित एल्लो पेगोडा होेटलमा बैंकरको तालिम चलिरहेको थियो । सहभागीहरु लन्च समयमा व्यस्त रहेका बेला होटलको गणेश हलबाट  तीनवटा लेडिज ब्याग तथा ३२ हजार रुपैयाँभन्दा बढी नगद हराएको उजुरी प्रहरीको अपराध महाशाखामा पर्‍यो । प्रहरीले होटलमा लगाइएको सिसिटिभी फुटेजका आधारमा मंगलबार ललितपुरको लगनखेलबाट केसीलाई पक्राउ गर्‍यो । अनुसन्धानमा केसीले नै एल्लो पेगोडाबाट व्याग र नगद चोरेर फरार भएको स्विकारे । उनी पत्रकारको परिचयपत्र देखाएर हलमा प्रवेश गरेका थिए । अनुसन्धानबाट बल्ल केसी नक्कली पत्रकार र उनले लिएको परिचयपत्र पनि नक्कली भएको खुल्यो। 

पाँचतारे ¥याडिसन तथा अन्नपूर्ण होटलमा भएका ल्यापटपलगायत सामग्री चोरी घटनामा समेत केसीको संलग्नता पाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक भरत थापाले जानकारी दिए ।  ‘पाँचतारे होटलमा समेत चोरी भएको उजुरी आएपछि हामी अनुसन्धानमा जुट्यौं, एल्लो पेगोडामा चोरी भएको घटना पछ्याउँदै जाँदा अन्य तारे होटलको चोरी घटनामा पनि केसीको संलग्नता पाइयो’, प्रहरी निरीक्षक थापाले भने। 

केसीको साथबाट प्रहरीले एक थान मोबाइल, दुई थान सिमकार्ड  दुई थान घडी, एक थान निलो ब्याग, ‘फायरसाइड’ दैनिक पत्रिका लेखिएको पत्रकार परिचयपत्र र एक थान डायरी बरामद भएको प्रहरीले जनाएको छ । केसीलाई थप अनुसन्धानका लागि अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ।      

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad