८ वैशाख २०८१ शनिबार
अर्थ

सामसङ ग्यालेक्सी जे२ फोरजी

काठमाडौं – सामसङ कम्पनीले ग्यालेक्सी जे२ फोर जीको नयाँ संस्करण बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रम गरी उक्त फोन सार्वजनिक गरेको हो ।

जे२ फोर जीमा ४.७ इन्चको फुल एचडी स्क्रिन छ । यमा पाँच मेगापिक्सल र दुई मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । यसले कम प्रकाशमा पनि सजिलै फोटो खिच्न सक्ने कम्पनीको भनाइ छ । एक जिबी ¥यामको यस मोबाइलमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर प्रयोग गरिएको छ । यसले मल्टी टास्किङलाई सजिलो बनाउने कम्पनीले जनाएको छ ।गोल्ड र कालो कलरमा उपलब्ध यो सेटको मूल्य ११ हजार दुई सय ९० रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित: २५ माघ २०७४ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App