coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आजबाट घाम लाग्ने

काठमाडौं – केही दिनदेखि बादल लागेका कारण धुम्म बनेको आकाश आज (बिहीबार)देखि खुल्ले भएको छ। मौसमविद्का अनुसार बिहीबार बिहानबाट देशका अधिकांश भूभागमा घाम लाग्छ । बुधबारको बादल बिहीबार बिहानसम्ममा पूर्वबाट बाहिरिने अनुमान छ। 

‘पश्चिम नेपालबाट सुक्खा बादल भित्रिएकाले बुधबार देशभर बादल लागेको हो । यो एकदिनका लागि मात्र यस्तो भयो । बिहीबारबाट  मौसम सफा हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद्  बरुण पौडेल भन्छन् । बुधबार बिहानको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस थियो जबकि मंगलबार ८.५ डिग्री सेल्सियस थियो । ‘बादलमा जलवाष्फ नभएकाले बुधबार कतै पनि पानी पर्ने संभावना छैन,’ पौडेलले भने, ‘त्यसो त यसले सुदुर र मध्यपश्चिमका हिमालीक्षेत्रमा हल्का हिमपात भने गराएको छ।’ 

उनका अनुसार सुदुरपश्चिमको आकास बुधबार साँझबाटै सफा हुन्छ । मध्य र पूर्वी नेपालको भने बुधबार मध्यरातबाट सफा हुन्छ । ‘पश्चिमको तुलनामा मध्य र पूर्वमा धेरै बादल देखिन्छ’, पौडेलले भने । यस प्रणालीले मंगलबार र बुधबारको मौसममा सामान्य असर गरेको उनले जानकारी दिए । पश्चिमी वायुसँगै अरेबियन सागरबाट आएको सुक्खा वायु पश्चिम नेपालबाट बुधबार भित्रिएको थियो । उनले बिहीबारबाट अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने जानकारी दिए ।  
वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार त्यसै पनि यो वर्ष  हिउँदे वर्षा कम भएको छ । औसतमा हरेक वर्ष ३/४ पटक वर्षा हुनुपर्नेमा यसवर्ष एकपटक मात्र वर्षा भएको छ । पश्चिमबाट जलवाष्फयुक्त सक्रिय वायु भित्रिन नसक्दा हिउ“दे वर्षा कम भएको र यही कारणले जाडो कम भएको बताउ“छन् । उनका अनुसार अघिल्लो वर्ष पुस १० गते पश्चिम भेगमा वर्षा भई ढिलै भए पनि हिउँदे वर्षा भएको थियो । तर यस वर्ष पुसको अन्त्य पछि पनि वर्षा भएन ।  सामान्यतया हिउँदयाममा मंसिर महिनाको सुरुवात सँगै मेघ गर्जन सहित बर्षा भई हिउँदको आगमनको संकेत दिने गथ्र्यो । तर अहिले यस्तो मौसमी प्रक्रिया प्राय शून्य भएको छ।

सामान्यतया हिउँदमा काठमाडांैको न्यूनतम तापमान शून्यभन्दा तल झरी अत्यधिक चिसो हुने गथ्र्यो । तर यो हिउँदमा शून्य भन्दा तल झर्न सकेन । र यो क्रम विगत केही वर्षदेखि निरन्तर  छ । मौसमी तथ्यांकअनुसार काठमाडाैँको हालसम्मकै सबभन्दा कम न्यूनतम तापमान माइनस ३.५  सन् १९७८ जनवरी ११ मा मापन गरिएको छ । त्यस्तै  पश्चिम तराईको नेपालगञ्ज जहाँ गर्मीमा अति गर्मी र हिउँदमा कठ्याङ्ग्रिने जाडो भई न्यूनतम तापमान शून्य भन्दा तल झर्ने गथ्र्यो त्यहाँ पनि यो हिउँदमा न्यूनतम तापमान शून्य भन्दा माथि नै रह्यो । त्यस्तै देशको अन्य स्थानमा पनि चिसोमा कमी आएको महसुस भएको छ । यस्ले नेपालमा वायुमण्डलीय तापमान वृद्धिलाई पुष्टि गर्दै मौसम परिबर्तको संकेतलाई प्रमाणित गरेको छ। 

प्रकाशित: २५ माघ २०७४ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App