७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालमा टाटाका नयाँ गाडी

काठमाडौं – टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीको व्यावसायिक बिक्री सुरु गरेको छ । कम्पनीको एलपिटी ८१०, एलपिटी १०१०, एलपिटी ९१२, एलपिके ९१२, एलपिटी ११०९, एलपिके १२१२ र एलपिटी १४१२ नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

कम्पनीका अनुसार यी सबै मोडेलका गाडी विशिष्ट कमन रेल डिजेल इन्जेक्सन (सिडिआरआई) इन्जिन टेक्नोलोजी, तेल किफायती, उच्च डिजाइन र थप विश्वसनीय विशेषताहरु रहेका छन् ।

यी मोडेलका सुरुवाती मूल्य १७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यी गाडीहरु लाइट ट्रकदेखि ११ टन बोक्ने क्षमता भएका छन् भने विस्तारै देशभर नयाँ तीन क्युमीदेखि ६.५ क्युमी क्षमता भएका ट्रिपरको बिक्री सुरु गर्ने कम्पनीको योजना रहेको छ ।कार्यक्रममा टाटा मोटर्सका कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररुप मैत्रले यी मझौला तथा साना ट्रकहरु बेजोड क्षमता, आरामदायी र सुरक्षित भएको दाबी गरे ।

प्रकाशित: २५ माघ २०७४ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App