७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनसेलले ल्यायो भ्यालेन्टाइन अफर

काठमाडौं  – एनसेल प्रालिले नजिकिदै गरेको प्रणय दिवसको अवसरमा असिमित भ्वाइस प्याक र डेटा प्याकसहितको ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ ।

यो अफरअन्तर्गत एनसेलका ग्राहकले भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । यसले ग्राहकलाई आफ्ना प्रियजनसँग अझ नजिक हुन सहज बनाउने कम्पनीको विश्वास छ ।

बिहीबार (आज)बाट सुरु हुने अफर १५ दिनसम्म लागू हुनेछ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो अफरमा सहभागी हुन सक्नेछन् । यस अफरअन्तर्गत करसहित १५ रुपैयाँमा असिमित भ्वाइस प्याक लिई बिहान ५ बजेदेखि साँझा ५ बजेसम्म एनसेल नेटवर्क भित्रका कुनै पनि नम्बरमा असिमित कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले १७११४ डायल गरी भ्वाइस प्याक सुचारु गर्न सकिने बताइएको छ ।

प्रकाशित: २५ माघ २०७४ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App