७ वैशाख २०८१ शुक्रबार
खेल

रूसको गम्भीर आपत्ति

मस्को – रूस ओलम्पिक कमिटी (आरओसी) ले मंगलबार प्रतिबन्ध मुक्त भए पनि आफ्ना  खेलाडी र अन्य खेल पदाधिकारी गरी १५ जनालाई प्योङचाङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा नबोलाउने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को निर्णयप्रति गम्भीर आपत्ति भएको जनाएको छ ।

गत साता डोपिङ प्रकरण प्रमाणित गर्ने आधार नभएको भन्दै कोर्ट अफ अर्बिटेसन फर स्पोर्ट्स (सिएएस) ले प्रतिबन्ध मुक्त गरे पनि आइओसीले सोमबार १३ रूसी खेलाडी र २ पदाधीकारीलाई शुक्रबार हुने उद्घाटनामा नबोलाउने निर्णय गरेको थियो ।

आइओसीले प्रतिबन्ध मुक्त भएका खेलाडीलाई नबोलाए पनि डोपिङ परीक्षण पास गरेका प्रतियोगितामा रूसका १ सय ६९ खेलाडीले आइओसीको झन्डामुनि प्रतिस्पर्धा गर्नेछन् ।‘आइओसीको प्योङचाङ ओलम्पिकमा रूसी खेलाडी तथा पदाधिकारीहरूलाई नबोलाउने निर्णयको आरओसी भत्र्सना गर्दछ,’ आरओसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले निहित स्वार्थका लागि मनोमानी ढङ्गले निर्णय गरेको प्रस्ट छ ।’

 

प्रकाशित: २५ माघ २०७४ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App