वाम गठबन्धनको बहुमत

बिहिबार, २५ माघ २०७४, ०६ : ३१ नागरिक

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको बहुमत देखिएको छ । निर्वाचनको पछिल्लो परिणामअनुसार वाम गठबन्धन ३६सिटमा विजयी भएको छ । ५६ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले १३ सिट मात्र जितेको छ भने मधेस केन्द्रित दुई दलले चार सिटमा जित निकालेका हुन् ।

निर्वाचनको पछिल्लो परिणामअनुसार प्रतिनिधि र प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको एमालेले २५ स्थानमा जित निकालेको छ । यस्तै माओवादी केन्द्रले ११ सिट जितेको छ । एमालेले सबैभन्दा धेरै प्रदेश नम्बर एक र तीनबाट पाँच–पाँच सिट जितेको छ भने सबैभन्दा काम प्रदेश दुईमा एक सिटमा मात्र सीमित बनेको छ । एमालेबाट ११ महिला निर्वाचित भएका छन् । कांग्रेसबाट ६ र माओवादीबाट तीन महिला राष्ट्रिसभामा विजयी भएका छन्  ।

प्रदेश १ बाट एमाले पाँच, कांग्रेस दुई र माओवादी केन्द्र एक स्थानमा विजयी भएको छ । प्रदेश २ मा कांग्रेस, राष्ट्रिय जनता दल  र संघीय समाजवादी फोरम दुई–दुई स्थानमा र एमाले र माओवादी एक–एक स्थानमा विजयी भएका छन् ।

प्रदेश ३ मा एमाले पाँच, कांग्रेस दुई र माओवादी एक स्थानमा विजयी भएको छ । प्रदेश ४ मा कांगे्रस र एमाले तीन–तीन तथा माओवादी दुई स्थानमा विजयी भएको छ । प्रदेश पाँचबाट एमाले चार, कांग्रेस र माओवादीको दुई–दुई ठाउँमा जितेका छन् ।प्रदेश छमा एमाले ३, कांग्रेस.. माओवादीले २जितेका छन् भने प्रदेश सातमा एमालेले चार, कांग्रेस र माओवादीले दुई–दुई सिट जितेका छन् ।  
 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad