८ वैशाख २०८१ शनिबार
समाज

बाटोमा हराएको पैसा ट्राफिक हवल्दारले दिलाए

कोहलपुर – बाटोमा खसेको पैसा १० दिनपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी हवल्दारले सम्बन्धित व्यक्तिलाई फिर्ता गराएका छन्। गएको माघ १५ गते कोहलपुर १५ दश बिगाहमा बिहान साँढे ११ बजे हराएको ७ हजार ५ सय रुपैयाँ हवल्दार हर्कबहादुर खड्काले सुरक्षित फिर्ता गराएका  हुन्। 

स्थानीय जनआस्था बहुउद्देश्यीय सहकारीमा बचत संकलन गर्ने सुनदरा पोखरेलले बुधबार क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा आएर रकम बुझेकी छिन्। बाटोमा खसेको रकम भेटाएका ट्राफिक हवल्दार खड्काले भेटाएपछि आफ्नो फेसबुकमा पोष्ट गर्दै ईलाका प्रहरी कोहलपुर र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा सूचना गरेका थिए। 

खड्काको फेसबुकको स्टाटस पढेपछि पोखरेलले रकम सुरक्षित भएको पत्तो पाईन््। आशा मारेको रकम पाउँदा खुशी लागेको पोखरेलले बताईन्। हराएको रकम सहकारीको भएको उनले सुनाइन्। व्यस्त सडकमा साँढे ७ हजार रुपैँया हराएपछि सहकारीमा आफन्तसंग मागेर तिरेको उनले बताईन्। हराएको पैसा ट्राफिक हवल्दारले भेटाएको उनले माघ २३ गते मगलबार मात्र थाहा पाएकी थिइन्। 

हवल्दार खड्का र क्षेत्रीय ट्राफिक प्रहरी कोहलपुरका एसपी राजेन्द्र सिंह खड्काले रकम फिर्ता गरेका हुन्। बुधबार क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा सम्बन्धित व्यक्तिलाई रकम फिर्ता गराएको छ। 

हराएको रकम फिर्ता पाउने घटना मध्ये यो पनि एक भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी खड्काले बताए। हवल्दारले उदाहरणीय र प्रसंशायोग्य काम गरेको उनले बताए। खड्काले रकम बाटोमा भेटाएपछि १० दिनसम्म आफूसँगै सुरक्षित राखेका थिए। 

प्रकाशित: २४ माघ २०७४ १५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App