coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जिससलाई अधिकार सम्पन्न बनाइने

खोटाङ – जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले हरेक जिल्ला समन्वय समितिलाई शसक्त र अधिकार सम्पन्न निकायकारूपमा स्थापित गराउने निर्णय गरेको छ। बुधबार सम्पन्न जिल्ला समन्वय समिति महासंघ प्रदेश कमिटिको पहिलो बैठकले संबिधान संशोधन गराएरै भए पनि हरेक जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउनका लागि संघर्ष गर्ने निर्णय गरेको हो। 

हाल हरेक जिल्ला समन्वय समिति अधिकार विहिनताको अवस्थाबाट गुज्रेको भन्दै बैठकले ऐन र नियम निर्माण गरेर वर्तमान प्राप्त जिम्मेवारीलाई परिभाषित गर्न दवाव सिर्जना गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष बबी चामलीङले बताए।  

जिससको अधिकार सम्वन्धी ऐन तथा नियमावली निर्माणमा पहल गर्नका लागि महासंघले प्रदेशका मूख्या मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्री, स्थानीय तह हेर्ने मन्त्री, प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सबै दलका प्रदेश कमिटिका प्रमुख तथा उपप्रमुखसँग तत्काल अन्तरक्रीया गर्ने निर्णय गरेको छ। बैठकले जिल्ला समन्वय समितिले गर्ने अनुगमनको कामलाई प्रदेशभर एकरुपता ल्याउन जिल्ला समन्वय समिति अनुगमन दिग्दर्शनको मस्यौदा निर्माणका लागि अध्यक्ष चामलीङ र जिसस झापाका प्रमुख सोमनाथ पोर्तेललाई जिम्मेवारी दिएको महासंघले जनाएको छ। 

बैठकले गत माघ १० र ११ गते काठ्माण्डौंमा सम्पन्न जिसस महासंघको राष्ट्रिय परिषदबाट पारित २६ बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गरेको छ। महासंघले प्रदेश कमिटिको प्रवक्तामा सदस्य रहेका धनकुटाका टंकबहादुर चौहानलाई तोकेको जनाएको छ। 

प्रकाशित: २४ माघ २०७४ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App