coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोकमा चिया बेचेर जुट्यो ४ लाख ३४ हजार

दोलखा – ब्लड क्यान्सर पिडित गरिब साथीको उपचारका लागि बजारको व्यस्त चोकमा चिया बेचेर एउटा निजी बिद्यालयका बिद्यार्थीहरूले एक सातामा ४ लाख ३४ हजार रूपैयाँ संकलन गरेका छन्। दोलखा सदरमुकाम चरिकोट स्थित गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ५, ६ र ७ मा अध्ययनरत बिद्यार्थीहरूले कालिञ्चोक उच्च मावि कक्षा ९ मा अध्ययनरत मदन केसीको उपचारका लागि सातदोबाटो चोकमा चिया बेचेर उक्त रकम जम्मा गरेका हुन्।

संकलित रकम सातदोबाटो चोकमै प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापा मार्फत बुधबार बिद्यार्थीहरुले पिडित मदनका बाबु नारायण केसीलाई हस्तान्तरण गरेका छन्। रकम स्तान्तरण समारोहमा जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्की, बिद्यालयका प्रिन्सीपल सुर्यकृष्ण श्रेष्ठ, मदन अध्ययन गरिरहेको कालिञ्चोक उच्च माविका प्रधानाध्यापक नवराज न्यौपाने लगायतको उपस्थित रहेको थियो। आफ्नो विद्यालयमा अध्ययनरत मदनको उपचारका लागि विद्यालयबाट पनि २ लाख २० हजार रूपयाँ सहयो प्रदान गरिएको प्रधानाध्यापक न्यौपानेले बताए। 

काठमाडौं स्थित सिभिल अस्पतालमा उपचाररत मदनको उपचारका लागि आफ्ना विद्यार्थीले सर्हानिय कार्य गरेको भन्दै गौरीशंकर बोर्डिङ स्कुलले पनि ५० हजार रूपयाँ प्रदान गरेको छ। मदन गौरीशंकरका पुराना विद्यार्थी हुन्। 

यस्तै बिद्यालयका शिक्षक राजन बुढाथोकीको पहलमा ईजरायलमा रहेका नेपालीहरूबाट ७० हजार रूपयाँ संकलन भएको छ। लोकगायक रामप्रसाद खनाल, केशबराम श्रेष्ठ, ईन्दिरा खतिवडा, एक्का नेपालका कर्मचारीहरूले पनि मदनको उपचारका लागि १० हजार सहयोग गरेका छन्। 

मदनको उपचारका लागि नेपालमा २० देखि २५ लाख रुपैंया सम्म खर्च लाग्ने चिकित्सकहरुले बताएका छन्। 

प्रकाशित: २४ माघ २०७४ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App