coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अग्नी पीडितका लागि हङकङमा राहत संकलन

खोटाङ – खोटाङको हलेसीका अग्नी पिडितका लागि हङकङमा ५ लाखभन्दा बढि राहत संकलन भएको छ। 

गत पुस १८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदिस दास लगायतका पीडित परिवारको सहयोगका लागि खोटाङ समाज हङकङले ५ लाख ४४ हजार ५ सय ३९ रुपैयाँ संकलन गरेको हो। 

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले निर्माण गरेको टहरामा कष्टकर जीवन बिताइरहेका अग्नी पीडितको सहयोगका लागि सञ्चालन गरिएको अभियानकाक्रममा ४० हजार १ सय ८० हङकङ डलर संकलन गरिएको खोटाङ समाजका पुर्वअध्यक्ष तेजप्रकाश राईले बताए। 

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषमार्फत पीडितलाई राहत प्रदान गरिसकेको खोटाङ समाज हङकङले संकलित रकम हलेसी पुगेर पीडितलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। अग्नी पीडितलाई यसअघि हलेसी तुवाचुङ नगरपालिका, दैबीप्रकोप उद्धार समिति, रेडक्रस, उद्योग बाणिज्य संघ, नेपाली सेना तथा सैनिक श्रीमती संघ, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, जनज्योती क्लब र जनकल्याणकारी सेवा समाजले सञ्चालन गरेको ‘घर सल्लाह फेसबुक ग्रुप च्याट’, लोक नेपाल, गैर–आवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद संयुक्त अरब इमिरेट्स, मारातिका छिमेद ताग्तेन छोलिङ गुम्बा, सुम्नीमा पारुहाङ साँस्कृतिक समूह महादेवस्थान, धर्मशाला वासुमाला बेलबोटे सामुदायिक बन लगायतले राहत प्रदान गरिसकेको छ । 

नगरपालिकाले अग्नी पीडितको सहयोगार्थ सञ्चालन गरेको अभियानकाक्रममा संकलन भएको ३ लाख ५२ हजार ९२ रुपैयाँ राहत वितरण गरेको थियो। अग्नी पीडितका लागि काठमाडौंमा दिनेश राईको संयोजकत्वमा गठन गरिएको अग्नि पीडित राहत संकलन समितिले पनि राहत संकलन गरिरहेको छ। 

प्रकाशित: २४ माघ २०७४ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App