मुम्बई – विवादमा फसेको सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’मा अल्लाउदिन खिलजीको भुमिकामा देखिएका अभिनेता रणवीर सिंहको अहिले चौतर्फी तारिफ चुलिएको छ। उनले ३२ वर्षको उमेरमा नै २ सय करोड क्लबमा प्रवेश गरेर नयाँ रेकर्ड कायम गरेका हुन्।
बलिउडमा सबैभन्दा कम उमेरमा उनी अभिनित फिल्म ‘पद्मावत’ २०० करोड क्लबमा प्रवेश गरेर नयाँ रेकर्ड बनाएको छ। यसअघि कम उमेरमै २ सय करोड क्लबमा प्रवेश सलमान, शाहरुख तथा अन्यको तुलनामा उनले कम उमेरमै यो रेकर्ड कायम गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्मले अहिलेसम्म २१९ करोडको व्यापार गरिसकको छ।
रेकर्ड कायम गर्न सफल भएपछि रणवीरले भनेका छन्, ‘यो रेकर्डको लागि म असाध्यै खुशी छु, मेरो लागि यो भुमिका चुनौतीपूर्ण थियो। यो फिल्मले मलाइ धेरै कुरा सिकाएको छ।’
फिल्मलाई बक्सअफिसमा फ्रेबअरी ९ तारिखमा रिलिज हुन लागेको अक्षय कुमारको ‘प्याड म्यान’ले असर गर्ने देखिएको छ। यस्तैमा भारतीय मिडियाहरुले जनाएअनुसार फिल्मले बक्स अफिसको अलवा फिल्मको स्याटेलाइट, स्ट्रीमिङ्ग तथा अडियो राइट्स बेचेर धेरै फाइदा गरिसकेको छ।
प्रकाशित: २४ माघ २०७४ १३:०५ बुधबार