७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाल मण्डललाई पर्यटन नगरी बनाइने

काठमाडौ– काठमाडौँ उपत्यका पेरिफेरीका पर्यटकीय स्थलहरुको एकीकृत विकासका लागि राष्ट्रिय जागरण अभियान सुरु गरिने भएको छ । पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेका अभियान्ताहरुको अगुवाईमा अभियान सुरु हुन लागेको हो । 

अभियान्ताहरुले उपत्यका नजिकैका शिवपूरी, ककनी, जामाचोक, दहचोक, चन्द्रागिरी फुल्चोकी, नगरकोट, हेलम्बु लगायतका क्षेत्रलाई समेटेर नेपालकै नमुना समृद्ध पर्यटन नगरीको रुपमा विकास गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारका साथै प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा विशेष सार्वजनिक प्रस्ताव पेश गर्नका लागि हस्ताक्षर संकलन अभियान थालेका छन् । प्रस्तावमा प्रत्येक क्षेत्रलाई पर्यटन नगरी बनाउनका लागि १–१ अर्ब आवश्यक पर्ने उल्लेख गरिएको छ । 

यसका लागि आधुनिक नेपाल मण्डल पर्यटन नगरी : सार्वजनिक प्रस्ताव गरिएको अभियान्ता कृष्ण केसीले जानकारी दिए । साथै, पर्यटन विकासका लागि राष्ट्रिय जागरण ल्याउनका लागि अगाडि बढिरहेको बताए ।   

प्रकाशित: २४ माघ २०७४ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App