८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ७ मा बाम गठबन्धनका स्नेही र महरा विजयी

डोटी – राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा दुईजनाका लागि भएको निर्वाचनमा  बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन्। अल्पसंख्यक/अपाङ्गतर्फ नेकपा माओबादी केन्द्रका महेश कुमार महरा र दलित तर्फ एमालेका चक्रप्रसाद स्नेही बिजयी भएका हुन्। 

अल्पसंख्यक तर्फ महराले तीन हजार सात सय ८ मतभार प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छत्रराज जोशीले एक हजार ९ सय ८ मतभार ल्याए। यस्तै दलिततर्फ निर्वाचित भएका स्नेहीले पनि तीन हजार सात सय ८ मतभार नै प्राप्त गर्दा नेपाली कांग्रेसका शेरीराम पार्कीले एक हजार आठ सय ९० मतभार प्राप्त गरे। दलितर्फ स्थानीय तहको एक मत अर्थात १८ मतभार बदर भयो। 

राष्ट्रिय जनता पार्टीका दुईजना सांसद कृष्ण बहादुर चौधरी मालमती रानाथारु मतदान गर्न आएनन्। उनीहरुको ४८ का दरले ९६ मतभार खसेन्। दुबैजनाले आफ्नो पार्टीको उम्मेदवार पनि नरहेको र अन्य पार्टीका उम्मेदवारहरुले भोट पनि नमागेका कारण मतदान गर्न नआएको बताएका छन्। 

प्रदेश नम्बर ७ मा ८८ स्थानीय तहका एक सय ७६ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिकाका मेयर÷उपमेयरको १८ का दरले गरी तीन हजार एक सय ६८ र प्रदेश सभाका  ५३ जना सांसदको ४८ का दरले गरी दुई हजार पाँच सय ४४ गरी कुल पाँच हजार ७ सय १२ मतभार रहेको थियो। 

यसअघि १० बजेदेखी ३ बजेसम्म तोकिएको मतदानको समयमा नखसेको मत भएका मतदाताहरुले १ बजे नै मतदान गरी सकाएका थिए। त्यसपछि दुईबजे सर्बपक्षिय बैठक बसेर पौने पाँच बजेदेखि मतगणना शुरु भएको थियो। 

कुल ८ जनाको सिटमध्ये ६ जना उम्मेदवार भने निर्विरोध निर्वाचित भैसकेका छन् । खुल्ला र महिला कोटामा तीन÷तीन जना उम्मेदवार निर्वाचित भएका हुन्। खुल्ला तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे, नेकपा एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवर र नेकपा माओबादी केन्द्रका हरेराम चौधरी तथा महिलातर्फ नेकपा एमालेका कमला ओली, एमालेकै ईन्दु कडरिया र नेपाली कांग्रेसकी तारादेबी भट्ट निर्वाचित भएका छन्। मनोनयन दर्ताका क्रममा आबश्यक संख्यामा मात्रै मनोनयन परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। 

प्रकाशित: २४ माघ २०७४ १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App