८ वैशाख २०८१ शनिबार
खेल

मोहन बगानबाट चेन्नई सिटीविरुद्ध खेल्दै विमल

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले आज भारतीय क्लब मोहन बगानबाट चेन्नई सिटीका विरुद्ध खेल्ने भएका छन्।

विमलले आइ लिग अन्तर्गत आज साँझ भारतको जवाहरलाल नेहरु रंगशाला कोइमाटोरमा हुन लागेको खेलमा चेन्नईविरुद्ध मोहन बगानका तर्फबाट खेल्न लागेका हुन्। विमलले यसअघि सिलोङसँगको खेलबाट भारतमा डेब्यु गरिसकेका छन्। 

आइ लिगमा मोहन बगान १२ खेलबाट २० अङ्क जोड्दै चौथो स्थानमा छ भने मोहनलाई खेलमा अगाडि बढ्नको लागि २०१७ को आइ लिग विजेता चेन्नई सिटीलाई आजको खेलमा जसरी पनि जित्नुपर्ने दबाब छ। 
२०१७ मा मोहन बगान चेन्नई सिटीसँग २–१ को गोलअन्तरले पराजित भएको थियो। 

प्रकाशित: २४ माघ २०७४ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App