coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय तहमा बै‌‌‌क नहुँदा भुकम्प पीडितलाई सास्ती

सिन्धुली – गाँउमा बैंक नहुँदा भुकम्प पीडित हैरान भएका छन् । अधिकांश बैंकहरू सदरमुकाम  केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा बैकिङ कारोबारबाट वञ्चित झै भएपछि भुकम्प आवास अनुदान किस्ता बापतको रकम लिनका लागि पीडितले सदरमुकाम धाउनु पर्ने बाध्यता भएको हो ।

स्थानीय तहमा बैक नहुँदा दिनभरीको गाडीमा यात्रा गरेर सदरमुकाम आइ पैसा लैजानुपर्ने बाध्यता भुकम्प पीडितमा भएको उनीहरुको गुनासो छ । हरिहरपुरगढी गाँउपालिकाका एक भुकम्प पीडित बैक नहुँदा सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको बताउँछन् ।सदरमुकाम आउन गाडीमा नै झन्डै एक दिन लाग्छ, उनले भने–‘हाम्रो तिर बैक छैन ।

’ किस्ता रकम लिनका लागि ओहोर दोहोर गर्दा नै धेरै पैसा खर्च हुने उनले बताए । सरकारले वा निजी बैकले शाखा खोलिदिए सहज हुन्थ्यो, ति भुकम्प पिडितले थप्दै भने–‘गाँउपालिका भएपनि बंैक छैन, सदरमुकाम नै आउनु पर्छ फेरी सदरमुकाम पनि आउने बित्तिकै पैसा पाइदैन धेरै झमेला छन् । पछिल्लो समय सिन्धुली सदरमुकाममा प्रशस्तै बैकहरुका शाखा सञ्चालनमा छन् तर अधिकांश बैक सदरमुकाममै केन्द्रित हुँदा भुकम्प पीडितलाई मार परेको हो ।  सिन्धुली सदरमुकामका क्षेत्रका बजारमा मात्रै क बर्गका आठ बैक छन् । शाखा विस्तार भएर तथा बैंक मर्ज भएर मात्र आर्थिक वर्ष ०७३ मा ३ ओटा ‘क’ वर्गको बैंकले सदरमुकामस्थित कमलामाई नगरपालिकामा सेवा विस्तार गरेका छन् ।

गत आर्थिक वर्षमा प्रभु बैंक सुप्रिम डेभलपमेन्ट बैंक संग विभिन्न बैंक मिलेर एनसिसि बैंक अरनिको विकास बैंकसँग विभिन्न बैंक मिलेर सेञ्चुरी बैंक भई शाखाहरु सञ्चालन हुँदै आएका छन् । कमलामाई नगरपालिककामा विकास बैंक ३ ओटा रहेको सम्बन्धित बैकहरुले जनाएका छन् । विकास बैकमा सहयोगी विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकको माढी बजार र भिमान बजारमा शाखा सञ्चालनमा छ । राष्ट्रिय वाणिज्य बैंकको द्वन्द कालमा शान्ति सुरक्षाको कारण विस्तापित भएको भिमान शाखा गत असार २८ गते देखि पुन सञ्चालनमा आएको छ । कृषि विकास बैंक सिन्धुलीमाढीमा पहिलादेखि नै सञ्चालमा रहिरहेको छ । यो सँग सिन्धुलीमा ‘क’ र ‘ख’ वर्गका बैंक कमलामाई नगरपालिका क्षेत्रमा मात्र १३ ओटा पुगेको छ । अन्य लघुवित्त बैंक तथा वित्तीय संस्थाहरु पनि त्यतिकै मात्रामा छन् ।

स्थानीय तह कायम भएसँगै जिल्लामा रहेका दुई नगरपालिका र सात गाँउपालिकामा बैक सञ्चालनका लागि उपयुक्त रहेको स्थानीय बताउँछन् । तर ति स्थानीय तहमा बैक सञ्चालन गर्नुपर्नेमा अधिकांश विकास बंैक तथा अन्य बैंकहरु सदरमुकाममा मात्रै केन्द्रित भएका छन् । ९ स्थानीय तहमध्ये कमलामाई नगरपालिकामा मात्र १३ ओटा बैंक सञ्चालन भएपनि अन्य गाँउपालिका तथा नगरपालिकामा फाट्टफुट्ट बाहेक बैक छैनन् । दश वर्षे सशस्त्र द्धन्द्धकोे समयमा विस्थापित भएको मरिण गाउँपालिकाको कपिलाकोट छापमा रहेको राष्ट्रिय बाणिज्य बैंक हाल सम्म पुनस्थापना हुन सकेको छैन ।

हाम्रो गाँउपालिकामा राष्ट्रिय बाणिज्य बैकको शाखा स्थापना हुने भन्ने जानकारी आएको छ तर स्थापना भइसकेको छैन, मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बंम्जनले भने–‘बैक नहुँदा बैकिङ कारोबारमा धेरै समस्या आएको छ । उनले भुकम्प पिडितलाई धेरै मार परेको जनाए । भुकम्प पिडितलाई बैकको ठुलो समस्या छ, उनले भने समयमै बंैक स्थापना भएको भए सायद यस्तो समस्या भोग्नु पर्दैन थियो ।’ जिल्लाको हरिहरपुरगढी, घ्याङलेक, तिनपाटन र फिक्कल गाँउपालिकामा हाल सम्म कुनै पनि बैंकिङ सेवा पुग्न नसकेको जनप्रतिनिधि बताउँछन् ।

द्वन्दको समयमा विस्थापित भएका बैकका शाखाहरु पुर्नस्थापना हुन बाँकी भएका स्थानमा बैंकको शाखा स्थापना गर्ने राष्ट्रिय वाणिज्य बैकले जनाएको छ । २०५९ साल बैशाख १९ गते असुरक्षाका कारण विभिन्न स्थानका राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु सिन्धुली सदरमुकाममा मात्र सिमित भएको बंैकले जनाएको छ । जिल्लाको दोस्रो नगरपालिका दुधौलीमा एउटा मात्रै बैंक रहेको छ ।

लामो समयदेखि सञ्चालनमा रहेको अरनिको विकास बैंकको शाखा हाल विभिन्न बैंक सँग गाँभिएर सेञ्चुरी बैंक बनेको छ । नगरपालिका क्षेत्रमा एउटा मात्र बैंक हुँदा सेवाग्राहीलाई सास्ती भएको दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले जनाए ।  उनले भने–‘अब सबै विषय गत कार्यालयका कर्मचारीको तलब स्थानीय तहमा गएको छ, बैंक एउटा मात्र छ त्यसैले धेरै समस्या भएको छ ।’ सामाजिक सुरक्षा भत्ता, भुकम्प पुननिर्माणका पैशा लिनका लागि पनि ठूलो समस्या भएको  उनले जनाए ।

 

प्रकाशित: २४ माघ २०७४ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App