coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालयले कलेज क्रिकेट गर्ने

काठमाडौं – नेपालय इन्टरनेसनलले आगामी मंगलबारबाट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् र हिसानसँगको सहकार्यमा हुने यस प्रतियोगितामा १९ वर्षसम्मका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नयाँ प्रतिभाको खोजी गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको यस प्रतियोगितामा नेपालका विभिन्न ९ सहरमा हुनेछन् । १ महिनासम्म चल्ने प्रतियोगितालाई एक्पर्ट एडुकेसन एन्ड भिसा सर्भिजले साथ दिएको छ । एक्पर्ट क्रिकेटका कार्यकारी अधिकृत (सिइओ) सञ्जीव शर्मा र नेपालयका कार्यकारी निर्देशक सुवास प्रधानले मंगलबार प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तथापि प्रायोजन रकम भने खुलाइएन ।

‘हामी स्थापनादेखि नै सामाजिक दायित्व वहन गर्ने संस्थाका रूपमा काम गर्न चाहन्थ्यौं । त्यसैअनुरूप हामीले यस प्रतियोगितामा पनि हातेमालो गरेका हौं,’ एक्पर्ट एडुकेसनका सिइओ शर्माले भने, ‘त्यसैले पनि हामीले रकम नखुलाएका हौं । तथापि खर्चको अधिकतम रकम हामीले बेहोर्ने भनेका छौं ।’सुदूरपश्चिमको धनगढीबाट सुरु हुने प्रतियोगिता नेपालगन्ज, दाङ, भैरहवा, चितवन, पोखरा, काठमाडौं, इटहरी र बिर्तामोडमा हुनेछ । नेपालयका सुवास प्रधानले प्रत्येक सहरमा १६ देखि २० टोलीको सहभागिता रहने बताए । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता २०÷२० स्वरूपमा खेलाइनेछ । विजेता टोलीका १४ खेलाडीले ड्युज क्रिकेट ब्याट पुरस्कार पाउनेछन् ।

‘यसअघि हामीले स्कुल स्तरमा काम गरिसकेका छौं । जहाँबाट आएका खेलाडीले राष्ट्रिय स्तरमा खेलिसकेका छन्,’ प्रधानले थपे, ‘राष्ट्रिय टोलीको बेन्च बलियो होस् भन्ने उद्देश्यले हामीले १९ वर्षमुनिको उमेर समूहमा यो प्रतियोगित गर्न लागेका हौं ।’नेपालयले दृष्टिविहीन क्रिकेट टोलीलाई सम्मानस्वरूप ‘क्रिकेट किट ब्याग’ प्रदान गरेको थियो ।
 

प्रकाशित: २४ माघ २०७४ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App