‘जनयुद्ध दिवस’ मनाउन ओलीलाई निम्तो

बुधबार, २४ माघ २०७४, ०८ : ०९ नागरिक

काठमाडौं– माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘जनयुद्ध दिवस’ का अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको छ।

पार्टी एकीकरण प्रक्रियामा अघि बढिरहेका बेला माओवादी मुख्यालय पेरिसडाँडामा फागुन १ मा मनाइने ‘जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा गरिएको हो। 

उक्त दिन पेरिसडाँडामा चियापान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले बताए । ‘एमाले अध्यक्ष ओलीज्यूलाई जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा निम्तो गरेका छौं, ,’ सापकोटाले नागरिकसँग भने, ‘उहाँ आउनुभयो भने अध्यक्ष प्रचण्ड र ओलीज्यूले सामूहिक रुपमा सम्बोधन गर्नुहुनेछ ।’ उनका अनुसार ओलीको निजी सचिवालयले वाइसिएलको प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ।

माओवादीका तर्फबाट २२औं ‘जनयुद्ध दिवस’ का अवसरमा वाइसिएलले राखेको उक्त कार्यक्रम पार्टीको केन्द्रीयस्तरको कार्यक्रमसमेत पनि हो । पार्टी एकीकरण प्रक्रिया चलिरहेका अवस्थामा पेरिसडाँडामा ओलीको उपस्थितिलाई महत्त्वका साथ हेरिने वाइसिएलले जनाएको छ । माओवादीका विभिन्न घटकले ‘जनयुद्ध दिवस’ मनाए पनि अन्य पार्टीका अध्यक्षलाई बोलाएर सो कार्यक्रम मनाउन लागेको यो पहिलोपटक हो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad