coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनताका प्रमुख कार्यकारी अधिकृत परशुराम कँुवर क्षेत्रीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

सो सम्झौतापछि सर्वसाधारण र बैंकका ग्राहकले जनता बैंक नेपालको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमालेख किन्न सक्नेछन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट सेवा दिइरहेको छ । यसले विभिन्न १० वटा बिमा योजना ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायत बिमा योजना ल्याएको जनाएको छ ।

 

प्रकाशित: २४ माघ २०७४ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App