७ वैशाख २०८१ शुक्रबार
समाज

चुडामणी शर्माको घरमा ढुंगामुडा, केही पक्राउ

काठमाडौं – आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माको घरमा ढुंगामुडा गरिएको छ । बुढानिलकण्ठस्थित शर्माको निवासमा मंगलबार दिउँसो युवाहरुको समूहले ढुंगामुडा गरेको र केहीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले जानकारी दिए। 

उनका अनुसार घटना दिउँसो ३ बजेतिर भएको हो। ‘बसमा आएको एक समूहले शर्माको घरमा ढुंगा प्रहार गरेको रहेछ, क्षति खासै भएको छैन्,’ प्रवक्ता न्यौपानेले भने– ‘बुढानिलकण्ड वृतले एउटा बस र केही मान्छेलाई नियन्त्रणमा लिएर केही  कसो हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।’ 

कर फछ्र्यौट आयोगमा सदस्य भएर विभिन्न व्यापारिक फर्महरुलाई छुट दिएर राज्यलाई अर्बौ रुपैयाँ नोक्सानी पुर्याएको र अकुत सम्पत्ति कमाएको आरोपमा शर्मामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: २३ माघ २०७४ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App