coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘बलात्कार घटनाका दोषीलाई प्रहरी मिलेमतोमा उन्मुक्ति दिन खोजियो’

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै महिला अधिकारकर्मी तथा महिला नेतृहरु। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– महिलामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई प्रहरीकै मिलेमतोमा उन्मुक्ती दिइएको भन्दै महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।  

केहि दिनअघि दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारको घटनाका दोषीलाई एकरात थुनामा राखेर सुटुक्क छोडिएको घटनाले बलात्कारीलाई थप प्रोत्साहन मिलेको भन्दै उनीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराए। प्रधानमन्त्रीलाई भेट्न नयाँ शक्तिकी नेतृ हिसिला यमी, महिला शक्ति महासंघकी अध्यक्ष मनु हुमागाईं, महिला सुरक्षा दवाव समूहकी अध्यक्ष सावित्री थापा, पूर्वमन्त्री कल्पना धमला लगायका महिला अधिकारकर्मीहरु बालुवाटार पुगेका थिए।

यस्तै ललितपुरमा तीन महिना अगाडि सामूहिक बलात्कार तथा इटहरीमा घटेका घटनाहरुमा प्रहरीकै मिलेमतो रहेकोमा आपत्ति जनाउँदै यस्ता घटनामा पीडितहरुले किटानी जाहेरी दिँदा दिँदै पनि प्रहरी प्रशासनले भित्रभित्रै थामथुम पार्न खोजेको प्रती उनीहरुले आपत्ति जनाए। महिला तथा बालिकामाथि हुने यस्ता निन्दनीय कार्यका दोषीलाई कारबाही गर्नुपर्ने तथा ललितपुर, दरबारमार्ग र इटहरीका घटनाको चाँडो भन्दा चाडो छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने उनीहरुले माग गरेका छन्।

 

प्रकाशित: २३ माघ २०७४ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App