८ वैशाख २०८१ शनिबार
समाज

पोखरामा नेविसंघ र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते

पिएन क्याम्पस अगाडि प्रदर्शनरत नेविसंघका विद्यार्थी । तस्बिर : विशन क्षेत्री

कास्की – विद्यार्थी मृत्युको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पस मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको छ। नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ क्याम्पस गेटमा नगर बसको ठक्कर दिएको र उपचारको क्रममा उनको निधन भएपछि नेविसंघको नेतृत्वमा बिहानैदेखि क्याम्पसमा प्रदर्शन भइरहेको छ।
 
बिहानैदेखि क्याम्पसमा कुनै शैक्षिक गतिविधी भएका छैनन्, भने सयौँ विद्यार्थीहरू दोषीलाई कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्। उनीहरुले नगर बस समेत सञ्चालन गर्न दिएका छैनन्। 

क्याम्पस अगाडिको बाटोमा नै प्रदर्शन गरेपछि भने प्रहरी र विद्यार्थीबिच झडप समेत भएको थियो । झडपले हिंसात्मक रुप लिँदा ५ जना प्रहरी र एक जना सञ्चारकर्मीसमेत घाइते भएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले १६ जना विद्यार्थीलाई पक्राउ गरेको छ । 

तर, घटनाको निष्पक्ष छानविन र दोषीलाई कारवाही नभएसम्म प्रदर्शन जारी राख्ने पृथ्वीनारायण क्याम्पसका नेविसंघका सभापति दिपक शर्माले बताए । ‘हामीलाई प्रहरी प्रशासनको हस्तक्षेप पनि सह्य छैन र घटनाको दोषीलाई कारवाही नभएसम्म प्रदर्शन रोकिनेछैन् ।’

कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार बसका चालकलाई सोमबार नै नियन्त्रणमा लिएर मुद्दा चलाउने तयारी भइरहेको छ।

प्रकाशित: २३ माघ २०७४ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App